२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

रारा आउने पर्यटकलाई गाउँमै बास

२९ चैत्र २०७४, बिहीबार ११:१३

चैत २९ मुगु | आगामी वैशाख १ गते उद्घाटन हुने रारा कणाली पर्यटन वर्षको कार्यक्रममा सहभागी हुने आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँमै बासको व्यवस्था गरिएको छ । 

रारा तालको नजिक रारा राष्ट्रिय निकुन्जको चमेना गृह (डाँफे होटल) र अर्को पाहुना घर(भिलेज हेरिटेज रिसोर्ट)ले रारा आउने पर्यटकलाई खाने बस्नेलगायत व्यवस्था धान्न नसक्ने भएकाले उनीहरुलाई जिल्ला समन्वय समितिले गाउँमै बासको व्यवस्था मिलाउने भएको छ । 

रारा वरिपरि रहेका झघट्ट, मुर्मा, झयारी, सल्लेरी, पिना, टोप्ला, ताल्च, माथीतुम, तलितुम र लामाचौरमा घरबासको व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो । ती गाउँमा वर्षभरि आउने पर्यटकलाई गाउँमै बास र स्थानीय खाना खुवाउने गरी घरबास (होमस्टे)सञ्चालन गर्ने गाउँलेले सहमति जनाएको र शुल्क पर्यटकको इच्छाअनुसार लिने समझदारी भएको उहाँले बताउनुभयो । 

प्रजिअ अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर रोकाया, छायाँनाथ रारा नगरपलिकाका प्रमुख हरिजंग शाही, उपप्रमुख सुल्तला रोकाया र पत्रकार महासंघको टोलीले १० वटै गाउँमा पर्यटकको बासका लागि पहल गरेका हुन् । 

गाउँलेकै सक्रियतामा प्रत्येक गाउँमा युवा समिति गठन गरिएको छ । ती समितिमा रहेका युवाले गाउँमा आउने पर्यटकलाई रारा घुमाउने, गाउँघरमा मदिरा नियन्त्रण गर्नेलगायत सामाजिक कार्य गर्नेछन् । वैशाख १ गते रारा तालबाट रारा कर्णाली पर्यटन वर्षको प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गरी उद्घाटन गर्ने कार्यकक्रम रहेको छ । प्रधानमन्त्रीले उद्घाटन गरेपछि कर्णाली प्रदेशमा वर्षभरी विभिन्न कार्यक्रम गरेर पर्यटन वर्ष मनाइनेछ । 

पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आउने आन्तरिक तथा बाह्य पर्यटकको चापको आँकलन गरी व्यवस्था मिलाइएको छ । उक्त दिन सञ्चार सेवा नियमित र इन्टरनेट सेवा तीव्र गतिको दिने नेपाल टेलिकम र वल्डलिंकले प्राविधिकलाई तयारी अवस्थामा राखेका छन् । प्राकृतिक सौन्दर्यको खानी रारामा फोहोरमैला व्यवस्थापनका लागि नेपाल टेलिकमले प्लास्टिक डस्बिन राखिसकेको छ, भने फोहर उठाउन तथा व्यवस्थापन गर्न सरसफाइ युवा स्वयंसेवक तयार पारेको छ । 

उद्घाटन कार्यक्रमको तयारीका लागि विभिन्न उपसमिति गठन गरी कार्य भइरहेको र सबै काम अन्तिमचरणमा पुगेको जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर रोकायाले बताउनुभयो । वैशाख १ गते रारामा जिल्लामा रहेका चार स्थानीय तहले स्थानीय लोक झाँकी, देउडा, ढाल नाच, चुम्फा नाच, झोडा र बालो प्रदर्शन गर्ने कार्यक्रम छ । 

उक्त दिन पर्यटकलाई तालमा डुङ्गगामा घुमाउन डुङ्गा र ताल वरिपरी घुमाउन घोडाको व्यवस्था मिलाइएको छ । रारा आउने पर्यटकलाई सहजताका लागि सडक डिभिजन कार्यालय जुम्लाले मुगुको सिमाना बुलबुलेदेखि सल्लेरी र रारा विमानस्थलसम्म सडक बनाउन थालेको छ । हवाई यात्राका लागि नेपालगञ्ज र सुर्खेतबाट नियमित उडान गर्न सबै विमान कम्पनी सहमत भएका छन् । 

पर्यटन वर्षको उद्घाटनसँगै देशवासीको नाममा प्रधानमन्त्रीले सम्बोधन गर्ने भएकाले मुगु जिल्लावासीले प्रधानमन्त्रीको सम्बोधनमा मुगु नाग्चेलाग्ना तिब्बत् सडक, कणाली राजमार्ग, छायाँनाथ रारा पर्यटकीय पदमार्ग, रारा हिल्सा पदमार्ग, रारा सेफोक्सुण्डो पदमार्ग तथा रारा खप्तड पदमार्गबारे विषेश सम्बोधन हुने आशा गरेका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य