2026-09-19 04:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सौरभ मृत्यु प्रकरण : मेरो छोराले न्याय कहिले पाउँछ – मृतकका बाबु श्रेष्ठ

पर्वत, फागुन १४ गते आफ्नै घर नजिकै मृत अवस्थामा फेला  परेका सौरभ श्रेष्ठको बाबुले आफु अन्यायमा परेको बताएका छन् । आफ्नो छोराको हत्या भएको हो वा के कारणले मृत्यु भएको त्यसको बारेका जिल्ला प्रशासन कार्यालय, नगरपालिका र प्रहरी कार्यालयलाई घटनाको रहस्य बाहिर निकाल्न र आफुलाई न्याय दिलाउन माग गरेता पनि  उनीहरुले वेवास्था गरेको आरोप मृतकका बाबुको छ । छोरो त गुमाए तर मैले न्यायको धोका धक्धकाउदाँ पनि न्याय पाउन सकिन के म यो देशको नागरिक हैन, जिल्लाबासी हैन ? यदी हैन भने मलाई निकाला गरीदिनुहोस् र जाने ठाउँ देखाइ दिनुहोस् म त्यही देश र ठाउँमा जानेछु मृतकका बाबु रामकृष्ण श्रेष्ठले भने । आफ्नो छोराको मृत्यु प्रकरणमा मानवअधिकारबादीले पनि चाँसो नदेखाएको उनको आरोप छ । छोराको मृत्यु भएको  हप्तौ दिन हुदाँ पनि मृत्युको कारणबारे खोजि हुन नसकेको उनको तर्क छ । मैले सडक अबरोध गरेर टायर जलाएको भए खोजि छिटो हुने थियो होला तर र्मैले त्यसो गर्न नसकेका कारण मेरो छोराले न्याय पाउन सकेन उनले भने ।

 

प्रहरीले अनुसन्धान हुदै छ भन्छ तर अझै अनुसन्धानबाट मृत्युको रहस्य बाहिर निकाल्न सकेको छैन अब मेरो छोराले न्याय कहिले पाउँछ उनले भने ।   छोरो गुमाउनुको पीडा ममाथि त छ त्यसमाथि मेरो छोराले न्याय पाउन सकेन । यता जिल्ला प्रहरी कार्यालय पर्वतले अनुसन्धान भैरहेको जनाएको छ । मृतक सौरभको मृत्युभएको एक हप्तापछि मात्रै कालीगण्डकी नदी भन्दा केहि माथि गोपाङघाटमा त्रिश्चियन धर्मअनुसार समाधिस्थ गरिएको थियो । जिल्लामा अन्यधर्म अनुसार क्रिश्चियनको समाधिस्थ गर्नै स्थान नभएका कारण हप्तादिन सम्म शब उठ्न सकेको थिएन् । अहिले उक्त क्षेत्रबाट शब निकाल्नको समाजबाट दबाब आएको मृतकको परिवारको गुनासो छ ।  कुनपाका कार्यकारी प्रमुख चण्डीका पौडेलले भने कुश्मा नगरपालिकाका कार्यकारी प्रमुख चण्डीका पौडेलले क्रिश्चियनहरुको लागि उनीहरुको धर्मअनुसार दाहसंस्कार गर्ने ठाउँको अभाव भएका कारण यस्तो समस्या आएको भन्दै अब उनीहरुको लागि छुट्टै घाटको व्यवस्था गर्न पहल गर्ने बताए । अब हामी उचित ठाउँको खोजी गरी उनीहरुलाई घाटको रुपमा प्रयोग गर्न दिनेछौं चण्डिकाले भने । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले भने मृतकको शब निकाल्न समाजबाट आएको दबाबबारे आफुलाई जानकार नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई