2026-09-24 04:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

सिन्धुलीमा वैदेशिक रोजगारीका लागि विदेशिने युवाको संख्यामा कमी

नवीनबाबु अधिकारी | चैत ३०, सिन्धुली | सिन्धुलीमा वैदेशिक रोजगारीका लागि सुरक्षित आप्रवासन परियोजना सञ्चालनपछि विदेश पलायन हुने युवाको संख्यामा कमी आएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउने उद्देश्यले युवालाई आवश्यक सूचना तथा परामर्श दिएपछि विदेश पलायन हुनेको संख्यामा कमी आएको हो । 

सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र सिन्धुलीले वैदेशिक रोजगारका लागि जाने युवालाई निःशुल्क सीप तालीम तथा कानूनी सेवा प्रदान गर्दै आएको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रका संयोजक उमा पौडेलले बताउनुभयो । सिन्धुलीमा आर्थिक वर्ष २०६८/६९ मा चार हजार ९१८ पुरुष र १७३ महिला तथा आव २०६९/७० मा ६ हजार ६९० पुरुष र ५७५ महिला, वैदेशिक रोजगारमा गएका थिए । आव २०७०/७१ मा हालसम्मकै सबैभन्दा बढी सात हजार ९७३ पुरुष र ६४० जना महिला विदेश पलायन भएका थिए । आव २०७१/७२ मा सात हजार ३२० पुरुष र ३८७ महिला तथा आव २०७२/७३ मा पाँच हजार ३७१ पुरुष र ३४४ महिला पलायन भए । तर, आव २०७३/७४ मा घटेर ६ हजार २६३ पुरुष र ५५३ महिला वैदेशिक रोजगारीमा जान जिल्ला छाडेको सामीको तथ्याङ्कले देखाउँछ । 

सिन्धुलीबाट वैदेशिक रोजगारीमा जाने युवामध्ये सबैभन्दा बढी ४५ मलेशिया, २२ साउदी अरेबिया, १९ कतार, १० युएई, दुई कुवेत र अन्य मुलकमा दुई प्रतिशत युवा विदेश पलाएन भएको पनि सामीको तथ्याङ्कले देखाउँछ । सामीले युवालाई आवश्यक परामर्श र सूचना प्रदान गर्दा अघिल्ला आर्थिक वर्षको तुलनामा सिन्धुली जिल्लाबाट विदेश पलायन हुने युवाको संख्यामा कमी आएको उहाँको भनाइ छ । यस परियोजनाले वैदेशिक रोजगारीका लागि प्रोत्साहन तथा निरुत्साहित दुवै नगरी वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन मात्रै काम गर्दै आएको उहाँको भनाइ छ । 

सिन्धुली जिल्लाका नौ वटा स्थानीय तहमै पुगेर परियोजनाले सूचना तथा परामर्श प्रदान गरेको उहाँ बताउनुहुन्छ । यसबाट कमलामाई नगरपालिकामा तीन हजार ९७६, दुधौली नगरपालिकामा तीन हजार ६८, तीनपाटन गाउँपालिकामा दुई हजार ३०१, हरिहरपुरगढी गाउँपालिकामा एक हजार ८०१, मरिण गाउँपालिकामा एक हजार ७२७, सुनकोशी गाउँपालिकामा एक हजार ३४१, घ्याङलेख गाउँपालिकामा एक हजार १६४, गोलन्जोर गाउँपालिकामा एक हजार १४५ र फिक्कल गाउँपालिकामा ८९२ जनाले चालू आवमा वैदेशिक रोजगारीमा जाँदा ध्यान दिनुपर्ने कुराबारे जानकारी पाएको उहाँले बताउनुभयो । 

अहिलेसम्म परियोजनाबाट २४ हजार ६०३ जना युवाले वैदेशिक रोजगारमा जाँदा ध्यान दिनुपर्ने र चाहिने आवश्यक कागजातलगायत अन्य आवश्यक ज्ञानका बारेमा जानकारी पाएको उहाँको भनाइ छ । सिन्धुली जिल्लाबाट रोजगारीका लागि विदेश जान चाहने युवाको आप्रवासनलाई सुरक्षित तथा उपलब्धिमूलक बनाउन सहयोग गर्नु परियोजनाको मुख्य उद्देश्य भएको जिल्ला समन्वय समिति सिन्धुलीका वरिष्ठ सामाजिक विकास अधिकृत तथा सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रका फोकल पर्सन सागरकुमार ढकालले बताउनुभयो । 

परियोजनाबाट सूचना तथा परामर्श पाएपछि युवाले वैदेशिक रोजगारीका लागि तिरेको रकमको भर्पाइ लिने, जीवन बीमा गराउने, अभिमुखीकरणमा भाग लिने, श्रम स्वीकृति लिएर जाने, कागजात पढेर मात्र हस्ताक्षर गर्ने लगायतका कार्य गर्दै आएको उहाँले बताउनुभयो । उहाँका अनुसार सीप सिकेर विदेश जान चाहने १२८ जना युवालाई हालसम्म निःशुल्क सीपमूलक तालीम दिइएको छ । उनीहरुलाई स्काफफोल्डिंग सहयोगी, स्टिल फिक्सचर सहयोगी, इलेक्ट्रोनिक्स सहयोगी, प्लम्बर, गार्मेन्ट, मेसन, सटरिङ कार्पेन्टरको तालीम दिइएको हो । 

वैदेशिक रोजगारीमा जान चाहने युवामा १५ प्रतिशत निरक्षर युवा हुने गरेको छ । धेरै संख्यामा युवा वैदेशिक रोजगारीका लागि जानेमा सिन्धुली १३औँ स्थानमा पर्ने उहाँको भनाइ छ । सिन्धुलीमा परियोजना लागू भएदेखि अहिलेसम्म सूचना केन्द्रमा आएकामध्ये ७०५ जनालाई फोनमार्फत फलोअप गरिएको, फलोअप गरिएकामध्ये १८९ जना विदेश गएको र यसमध्ये १२५ जनाले घरमा कागजपत्रको प्रतिलिपि छाडेका भेटिएको थियो । सीप तालीम लिएर जाने ३६ जना थिए । 

यस सूचना तथा परामर्श केन्द्रले काम र फरक तलब परेमा, स्वास्थ्य परीक्षणमा असफल भएमा, म्यानपावरले राहदानी र पैसा लिएर राखेमा, रोजगारीका क्रममा ज्यान गुमाउने युवाको शव झिकाउन परेमा, सम्पर्कविहीनको खोजी गर्न परेमा, नेपाल फर्कन चाहनेलाई फर्काउन परेमा, रोजगारीमा गएका युवाले विदेशमा काम नपाएमा, स्वास्थ्यमा समस्या आएमा, उद्धार गर्नुपरेमा निःशुल्क कानूनी सहायता प्रदान गर्दैआएको छ । 

यसैबीच, सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले सिन्धुलीमा सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रको काम सराहनीय भएको बताउनुभएको छ । रोजगारीका लागि विदेश जान चाहने युवाले विदेशमा रहँदा र जाँदा पालना गर्नुपर्ने कुराको न्यूनतम जानकारी पाएको उहाँले बताउनुभयो । 

उमेर नै नपुगेका नाबालकसमेत नागरिकता बनाउन आउने गरेको खतिवडाले बताउनुभयो । उहाँले भन्नुभयो, “१४ वर्ष पुग्ने बित्तिकै युवा नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयमा आउने र सम्बन्धित वडाले पनि सिफारिश दिने गरेका छन् । आफूहरुले उमेर पुगेको छैन भन्दा अभिभावकबाट छोरा जन्माउने म उमेर तपार्इंलाई थाहा हुन्छ कि मलाई भन्ने जवाफ आउने गरेको छ, कम से कम १६ वर्ष पार गरे पछि मात्र नागरिकता पाउनका लागि सिफारिश गर्न म स्थानीय तहका सचिवलाई आग्रह गर्दछु ।” 

अहिलेसम्म १०३ जना वैदेशिक रोजगारीका क्रममा सिन्धुलीका नागरिकको ज्यान गएको तथ्याङ्क छ । 

आगामी आर्थिक वर्षदेखि परियोजना स्थानीय तहले सञ्चालन गर्नुपर्ने भएकाले थप व्यवस्थित बनाउन आवश्यक रहेको जिल्ला समन्वय समिति सिन्धुलीका समन्वय अधिकारी ज्ञानेन्द्र पराजुलीको धारणा छ ।  

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल