२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सौरभ मृत्यु प्रकरण : मेरो छोराले न्याय कहिले पाउँछ – मृतकका बाबु श्रेष्ठ

२ चैत्र २०७२, मंगलवार ०६:०९

पर्वत, फागुन १४ गते आफ्नै घर नजिकै मृत अवस्थामा फेला  परेका सौरभ श्रेष्ठको बाबुले आफु अन्यायमा परेको बताएका छन् । आफ्नो छोराको हत्या भएको हो वा के कारणले मृत्यु भएको त्यसको बारेका जिल्ला प्रशासन कार्यालय, नगरपालिका र प्रहरी कार्यालयलाई घटनाको रहस्य बाहिर निकाल्न र आफुलाई न्याय दिलाउन माग गरेता पनि  उनीहरुले वेवास्था गरेको आरोप मृतकका बाबुको छ । छोरो त गुमाए तर मैले न्यायको धोका धक्धकाउदाँ पनि न्याय पाउन सकिन के म यो देशको नागरिक हैन, जिल्लाबासी हैन ? यदी हैन भने मलाई निकाला गरीदिनुहोस् र जाने ठाउँ देखाइ दिनुहोस् म त्यही देश र ठाउँमा जानेछु मृतकका बाबु रामकृष्ण श्रेष्ठले भने । आफ्नो छोराको मृत्यु प्रकरणमा मानवअधिकारबादीले पनि चाँसो नदेखाएको उनको आरोप छ । छोराको मृत्यु भएको  हप्तौ दिन हुदाँ पनि मृत्युको कारणबारे खोजि हुन नसकेको उनको तर्क छ । मैले सडक अबरोध गरेर टायर जलाएको भए खोजि छिटो हुने थियो होला तर र्मैले त्यसो गर्न नसकेका कारण मेरो छोराले न्याय पाउन सकेन उनले भने ।

 

प्रहरीले अनुसन्धान हुदै छ भन्छ तर अझै अनुसन्धानबाट मृत्युको रहस्य बाहिर निकाल्न सकेको छैन अब मेरो छोराले न्याय कहिले पाउँछ उनले भने ।   छोरो गुमाउनुको पीडा ममाथि त छ त्यसमाथि मेरो छोराले न्याय पाउन सकेन । यता जिल्ला प्रहरी कार्यालय पर्वतले अनुसन्धान भैरहेको जनाएको छ । मृतक सौरभको मृत्युभएको एक हप्तापछि मात्रै कालीगण्डकी नदी भन्दा केहि माथि गोपाङघाटमा त्रिश्चियन धर्मअनुसार समाधिस्थ गरिएको थियो । जिल्लामा अन्यधर्म अनुसार क्रिश्चियनको समाधिस्थ गर्नै स्थान नभएका कारण हप्तादिन सम्म शब उठ्न सकेको थिएन् । अहिले उक्त क्षेत्रबाट शब निकाल्नको समाजबाट दबाब आएको मृतकको परिवारको गुनासो छ ।  कुनपाका कार्यकारी प्रमुख चण्डीका पौडेलले भने कुश्मा नगरपालिकाका कार्यकारी प्रमुख चण्डीका पौडेलले क्रिश्चियनहरुको लागि उनीहरुको धर्मअनुसार दाहसंस्कार गर्ने ठाउँको अभाव भएका कारण यस्तो समस्या आएको भन्दै अब उनीहरुको लागि छुट्टै घाटको व्यवस्था गर्न पहल गर्ने बताए । अब हामी उचित ठाउँको खोजी गरी उनीहरुलाई घाटको रुपमा प्रयोग गर्न दिनेछौं चण्डिकाले भने । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले भने मृतकको शब निकाल्न समाजबाट आएको दबाबबारे आफुलाई जानकार नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पुनःनिर्माणका काममा लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि.. जीपबाट खसेर बालकको मृत्यु सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थलीमा बाली जोगाउन वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर बालिकाको मृत्यु, २ जना घाइते सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय डलर नाघ्यो भारतीय कप्तान रोहित शर्माले मागे माफी शेरबहादुर देउवाको दबाब: रविलाई तत्काल पक्राउ नगरे सरकार ढाल्ने चेतावनी रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका प्रमुख प्रतिपक्षी दलहरूको बैठक: ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल ‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय आज एकैदिन प्रतितोला २ हजारले बढ्दै सुनको मूल्यमा नयाँ रेकर्ड कायम दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा माओवादीका अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलको बैठक साफ महिला च्याम्पियनसिप: आज नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने