2026-09-18 11:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

फर्केर हेर्दा २०७४ असुरक्षित बन्यो पर्वत, जस्ले शान्ति सुरक्षाको असली रुप देखायो

वैशाख १, पर्वत । सामाजिक, शान्ति सुरक्षा तर्फ २०७४ साल पर्वतको लागि खासै उपलब्धीमुखि देखिएन । यहि बर्षमा अप्रिय घटनाहरु घटे । जस्ले पर्वत जिल्लाको शान्ति सुरक्षाको असली रुप देखायो ।

बर्षको अन्तिम तिर कुश्मा बजारमै सामुहिक बलत्कारको घटना घट्यो । नेविसंघका विद्यार्थी नेता सहित ३ जना सामुहिक बलत्कारको घटनामा समातिए ।

त्यो घटना सेलाउन नपाउँदै कुश्मा बजारकै बडागाउँमा नाबालक अपहरणको प्रयास भएको घटनाले पनि निकै चर्चा पायो । अपहरणकारी भाग्ने क्रममा भिरबाट लडेर ज्यान गयो ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जिल्लामा गोलीबारुद्धको आतंक मच्चियो । स्थानीय तहको चुनावमा कुश्मा नगरपालिकाका मेयर उम्मेदवार रामचन्द्र जोशीकै घरमा बम त्यो पनि प्रशासन नजिकै भेटियो ।

प्रशासन पछाडि बम फेला पर्यो । आर्मीले डिस्पोज गर्यो। घटनालाई समाम्य बनाइयो । गुपचुप राखियो ।

स्थानीय तहको निर्वाचन सम्पन्न भए लगत्तै नेपाली काँग्रेसका कार्यकर्ताले पाङराङमा एक शिक्षकमाथि खुकुरी प्रहार गरे । शिक्षक शिवबहादुर पाठकमाथि भएको हमलाले उनको टाउकोमा गम्भीर चोट लाग्यो । यो घटनालाई पनि गुपचुपनै राखियो ।

स्थानीय तहकै चुनावको बेलामा विप्लब माओवादीको बम आतंक देशभर थियो । यहि बेलामा पर्वतमा पनि बम आतंक मच्चियो । प्रहरीले अपराधी र घटना घटाउने व्यक्तिभन्दा पहिले समाचार लेख्ने पत्रकारमाथि खनियो । पत्रकार गोपाल जिसीलाई थुनुवा बनाइयो । प्रेस स्वतन्त्रतामाथि दाबा बोलियो ।

जेष्ठ नागरिक खडानन्द पाध्यामाथि ज्यानमार्ने धम्की सहित काँग्रेसकै नेताले फोनमार्फत गालीगलौच गरे । मनपरी भने । जेष्ठ नागरिक पाध्या जिल्ला प्रशासनमा शान्ति, सुरक्षाको माग गर्दै पुगे ।  धम्की दिने फोन नब्बर र व्यक्ति युवराज जोशीको रहेको बुझियो तर कारवाही भएन ।

कुश्मा बजारकै आसपासमा लाखौको चोरी भयो । प्रहरीले केहि साना बालबालिकालाई लाखौ नगद सहित पक्राउ पनि गर्यो तर कुश्मा बजारमा खुकुरी हानहान गर्नेहरुलाई भने उन्मुक्ति दियो । घटनालाई गुपचुप राख्यो । ड्रिमल्याण्ड क्याफेमा भएको खुकुरी हानहान घटनाको बारेमा कुनै कुरा सार्वजनिक गरिएन । प्रहरीले यसलाइ लुकायो । जसका कारण पनि समाजमा  अनेक प्रकारका घटनाहरु घटिरहे ।

जिल्लामा महिला हिंसाका घटनाहरु पनि घटे । प्रमुख जिल्ला अधिकारी राजेश पन्थी पर्वतमा आउँदा साथ हुवासमा भएको एक कार्यक्रममा सहभागी भए तर उनी आफूलाई दलको कार्यकर्ता ठाने र नेपाली काँग्रेसको झण्डामुनि बासबस्न पुगे ।

जिल्लाको शान्ति सुरक्षाको हिसाबले तीन तहको निर्वाचन सामान्य अबस्थामै सम्पन्न भएको देखिएपनि गम्भीर प्रकृतिका घटना भने घटे । महिलाहरु देशभर असुरक्षित रहेको देशको अबस्थाले देखाएको बेला पर्वतमा पनि घटेको घटनाले थप सशंकित तुल्यायो ।

शान्ति सुरक्षा चुस्त बनाउन खोजे पनि यि घटनाहरुले सुरक्षा संयन्त्रको बाघडोर सम्हालेकाहरुलाई भने मज्जाले हिलो छ्याप्यो र गिज्याइ रह्यो । कुश्मा बजारकै आसपासमा भएका यी घटनाहरु जिल्लाका लागि उदाहरण बन्न पुगे । जिल्लाको शान्ति सुरक्षाको असली रुप देखाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई