८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि अर्घाखाँची आवासियलाई

१ बैशाख २०७५, शनिबार १६:४४

वैशाख १, अर्घाखाँची | नवौं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधि अर्घाखाँची आवासिय माविले हात पारेको छ । १ सय ९ अंकका साथ आवासियले उपाधि जितेको हो । 

गौरीशंकर इङ्गलिस वोर्डिङ्ग ६३ अंकका साथ द्वितिय र सन्धिखर्क ग्रिन इङ्गलिस वोर्डिङ्ग ५७ अंकका साथ तृतिय भएको छ । यस वर्ष सन्धिखर्क मै रहेका  तिन ओटा संस्थागत विद्यालयलहरुले राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय स्थान हासिल गरेका छन् । प्रतियोगिता अन्तर्गत भएका विभिन्न खेल मध्ये छात्र भलिवलमा  शिवदह मावि जुकेना प्रथम, भगवति मावि शंखेटारी द्वितिय भएको छ । यस्तै छात्रा भलिवलमा सन्धिखर्क ग्रिन प्रथम र गौरीशंकर वोर्डिङ्ग द्वितिय भएको छ । छात्र कपर्दीमा अर्घाखाँची आवसिय मावि प्रथम र नुवाकोट मावि चिदिचौरले द्वितिय स्थान हासिल गरेको छ ।

 छात्रा कपर्दीमा सरस्वति माता मावि अर्घातोष प्रथम र जनज्योति मावि सन्धिखर्क द्वितिय भएको छ ।  एथलेटिक्स छात्रमा अर्घाखाँची आवासिय मावि प्रथम र युवा वर्ष जनता रविचित्र मावि द्वितिय भएको छ । छात्रा एथलेटिक्स तर्फ  भगवति मावि चिदिचौर प्रथम र सन्धिखर्क ग्रिन वोर्डिङ्ग द्वितिय बनेको छ । ज्योति मावि ठाडाका  सन्तोष खड््का छात्रतर्फ र जनप्रिय मावि असुरकोटकी कपिला घर्ती छात्रा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।  खेलमा प्रथम स्थान हासिल गर्ने विद्यालयलाई शिल्ड, ट्रफि र प्रमाण पत्र प्रदान गरिएको छ । यस्तै द्वितिय र तृतिय स्थान हासिल गर्ने विद्यालयलाई ट्रफि र प्रमाण पत्र प्रदान गरिएको छ । यस्तै विभिन्न विधामा प्रथम, द्वितिय र तृतिय हुने खेलाडीहरुलाई मेडल र  प्रमाण पत्रले पुरस्कृत गरिएको छ । 

 विभिन्न विधामा सर्वोत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कृत गरियो । सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विक, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिद्धिप्रसाद भुसालले खेलाडीहरुलाई पुरस्कृत गरे । खेलमा विजयी हासिल गरेपछि आवसियले पञ्चेवाजा  सहित सन्धिखर्कमा खुसीयाली मनाएको छ । विद्यालयले शिक्षक विद्यार्थी र अभिभावकका बीचमा  सन्धिखर्क बजार परिक्रमा गरि खुसीयाली  मनाएको हो । उपाधि विजेता अर्घाखाँची आवासिय माविका प्रिन्सिपल श्रीकृष्ण भुसालले सबै खेलाडी र खेल शिक्षकको अथक मिहेनतका कारण उपाधि हात पार्न सफल भएको बताए । ‘लगातार तिन पटक उपाधि जितेर शिल्ड नै कब्जा गर्ने योजनामा लाग्ने छौं उनले भने, पहिलो पटक राष्ट्रपति रनिङ्गशिल्डको उपाधि जित्न सफल भएकोमा निकै सुखी भएका छौं ।’ खेलकुद विकास समितिका अध्यक्ष भुसालले अनुशान पूर्वक खेल सम्पन्न गरिएको बताए । खेलमा कुनै विवाद आएन उनले भने, ‘खेलमा खटिएका रेर्फीहरुको भूमिका निकै सरायिन रह्यो’ केहि दिन अघि सन्धिखर्कमा सञ्चालन भएको सन्धिखर्क रनिङ्गशिल्डको उपाधि पनि आवासियले आफ्नो पोल्टामा पारेको थियो । गत वर्ष सन्धिखर्क रनिङ्गशिल्ड र राष्ट्रपति रनिङ्गशिल्ड दुबै भगवति मावि सन्धिखर्कले जितेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता