2026-10-15 01:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

दृष्टिबिहिनलाई एन्ड्रोईड मोबाईल

नन्दराम जैसी | बैशाख २, जुम्ला | आईतबार एक औपचारीक कार्यक्रमकाबिच जिल्लाका दृष्टिविहिन विद्यार्थीलाई एन्ड्रोईड मोबाईल बितरण गरीएको छ । दृष्टिविहिन बिद्यार्थीहरुको पढाई क्षमता अभिबृद्धि प्रवोधिकरण गर्ने उदेश्यले उनिहरुलाई एन्ड्रोईड मोबाईल बितरण गरीएको हो ।

मोबाईल पाएका दृष्टिविहिन विद्यार्थीले अडियो एप्सको सहायतामा मोबाईलमै आवाज सुनेर वा रेकर्ड गरेर पढ्ने भएका छन् । दुर्गमका दृष्टिविहिन विद्यार्थीहरुसँग समयमै कक्षा अनुसारको ब्रेनलिपि नपुग्ने भएकाले उनिहरुलाई थोरैभएपनि एन्ड्रोईड मोबाईलको अडियो एप्सको सहायतो पढाईमा सहज हुने भएको छ । भैरब मावि नराकोट र कर्णाली मावि अनामनगरबाट अध्ययन गरेका ७ जना दृष्टिविहिन विद्यार्थीहरुले मोबाईल पाएका छन् ।   

चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले दृष्टिविहिन विद्यार्थिलाई, सामसुम ग्यालेक्सी ओन सेभेन प्रो मोडेलको मोबाईल हस्तान्त्रण गरेकी हुन् । मोबाईल दिँदै मेयर सेजुवालले भनिन्, ‘मोबाईलको सहायताले उनिहरुलाई निकै पढ्न सजिलो हुनेछ, तर यो दिगो उपाय भने होईन, बरु राज्यले समयमै ब्रेनलिपि बनाएर दुर्गम क्षेत्रका विद्यार्थीलाई पठाउनुपर्छ ।’ 

आद्रा नेपालको सहयोग तथा साझेदारी सहयोग केन्द्रको आयोजनामा मोबाईल बितरण गरीएको पेश नेपालका अध्यक्ष किशोर न्यौपानेले बताए । उनले भने ‘हामिले मोबाईल चलाउने तरीकादेखि त्यसको उपयोगीताबारे राम्रोसँग सिकाएका छौ । मोबाईलको सहि प्रयोग हुनेछ, भने राज्यलाई समयमै ब्रेनलिपि बनाउन दवाब पुग्नेछ ।’ 

जिल्लामा शैक्षिक शत्र शुरु भएको दुई महिना बितिसक्दापनि अँझै ब्रेनलिपि नपुग्दा विद्यार्थीहरु समस्यामा परेका छन् । ‘चाँडो ब्रेनलिपि ल्याउन विद्यालयसँग माग गरेपनि अँझै एकदुई महिना लाग्ने बताउछन्, सँधै आधा कोर्षमात्र ब्रेनलिपिमा पढेर परिक्षा दिनुपर्छ’ दृष्टिविहिन सत्या बुढाले भनिन् । ‘विद्यालयमा गएपनि शिक्षकले पढाएको आवाज मात्र सुन्नुपर्छ, सुनेकै आधारमा कसरी परिक्षा दिन सकिन्छ, ब्रेनलिपि नआँउदाँ हामिलाई एन्ड्रोईड मोबाईलको सहायताले पढ्न सजिलो हुनेभयो’ अर्की दृष्टिविहिन र्निमाया प्याकुरेलले बताईन् ।’ 

फोटो क्याप्सन: दृष्टिविहिन विद्यार्थीलाई एन्ड्रोईड मोबाईल बितरण गर्दै मेयर कान्तिका सेजुवाल । तस्विर: नन्दराम जैसी ।      

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित