२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

दृष्टिबिहिनलाई एन्ड्रोईड मोबाईल

२ बैशाख २०७५, आईतवार १७:१०

नन्दराम जैसी | बैशाख २, जुम्ला | आईतबार एक औपचारीक कार्यक्रमकाबिच जिल्लाका दृष्टिविहिन विद्यार्थीलाई एन्ड्रोईड मोबाईल बितरण गरीएको छ । दृष्टिविहिन बिद्यार्थीहरुको पढाई क्षमता अभिबृद्धि प्रवोधिकरण गर्ने उदेश्यले उनिहरुलाई एन्ड्रोईड मोबाईल बितरण गरीएको हो ।

मोबाईल पाएका दृष्टिविहिन विद्यार्थीले अडियो एप्सको सहायतामा मोबाईलमै आवाज सुनेर वा रेकर्ड गरेर पढ्ने भएका छन् । दुर्गमका दृष्टिविहिन विद्यार्थीहरुसँग समयमै कक्षा अनुसारको ब्रेनलिपि नपुग्ने भएकाले उनिहरुलाई थोरैभएपनि एन्ड्रोईड मोबाईलको अडियो एप्सको सहायतो पढाईमा सहज हुने भएको छ । भैरब मावि नराकोट र कर्णाली मावि अनामनगरबाट अध्ययन गरेका ७ जना दृष्टिविहिन विद्यार्थीहरुले मोबाईल पाएका छन् ।   

चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले दृष्टिविहिन विद्यार्थिलाई, सामसुम ग्यालेक्सी ओन सेभेन प्रो मोडेलको मोबाईल हस्तान्त्रण गरेकी हुन् । मोबाईल दिँदै मेयर सेजुवालले भनिन्, ‘मोबाईलको सहायताले उनिहरुलाई निकै पढ्न सजिलो हुनेछ, तर यो दिगो उपाय भने होईन, बरु राज्यले समयमै ब्रेनलिपि बनाएर दुर्गम क्षेत्रका विद्यार्थीलाई पठाउनुपर्छ ।’ 

आद्रा नेपालको सहयोग तथा साझेदारी सहयोग केन्द्रको आयोजनामा मोबाईल बितरण गरीएको पेश नेपालका अध्यक्ष किशोर न्यौपानेले बताए । उनले भने ‘हामिले मोबाईल चलाउने तरीकादेखि त्यसको उपयोगीताबारे राम्रोसँग सिकाएका छौ । मोबाईलको सहि प्रयोग हुनेछ, भने राज्यलाई समयमै ब्रेनलिपि बनाउन दवाब पुग्नेछ ।’ 

जिल्लामा शैक्षिक शत्र शुरु भएको दुई महिना बितिसक्दापनि अँझै ब्रेनलिपि नपुग्दा विद्यार्थीहरु समस्यामा परेका छन् । ‘चाँडो ब्रेनलिपि ल्याउन विद्यालयसँग माग गरेपनि अँझै एकदुई महिना लाग्ने बताउछन्, सँधै आधा कोर्षमात्र ब्रेनलिपिमा पढेर परिक्षा दिनुपर्छ’ दृष्टिविहिन सत्या बुढाले भनिन् । ‘विद्यालयमा गएपनि शिक्षकले पढाएको आवाज मात्र सुन्नुपर्छ, सुनेकै आधारमा कसरी परिक्षा दिन सकिन्छ, ब्रेनलिपि नआँउदाँ हामिलाई एन्ड्रोईड मोबाईलको सहायताले पढ्न सजिलो हुनेभयो’ अर्की दृष्टिविहिन र्निमाया प्याकुरेलले बताईन् ।’ 

फोटो क्याप्सन: दृष्टिविहिन विद्यार्थीलाई एन्ड्रोईड मोबाईल बितरण गर्दै मेयर कान्तिका सेजुवाल । तस्विर: नन्दराम जैसी ।      

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य