Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा दुई प्रतिशत बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर

२०७५, ३ बैशाख सोमबार ०५:४९

वैशाख ३ नवलपरासी | नवलपरासी जिल्लामा हाल करीब दुई प्रतिशत बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रहेको तथ्यांक रहेको छ । 

शिक्षा विकास तथा समन्वय इकाई ९शिक्षा कार्यालयको परिवर्तन भएको नाम० नवलपरासीका अनुसार सो तथ्यांक रहेको कार्यालयले जनाएको छ । पाठ्यपुस्तक, शैक्षिक सामग्री, पोशाक लगायतका आवश्यक सामग्रीको आभावले कुनै पनि बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर नहुने गरी यस वर्ष कार्य अघि बढाइएको जिल्ला शिक्षा अधिकारी खड्कबहादुर कमालले जानकारी दिनुभयो । 

आधारभूत तहसम्म सामुदायिक विद्यालयका विद्यार्थीलाई सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने गरेको र उक्त रकम स्थानीय तहबाट निकासासमेत भइसकेकाले समयमै विद्यालयले पुस्तक उपलब्ध गराउनुपर्नेछ । पश्चिम नवलपरासी र पूर्वी नवलपरासी गरी दुवै जिल्लामा यस वर्षको विद्यार्थी भर्ना अभियान जारी छ । यस शैक्षिक सत्रबाट जनप्रतिनिधिले कुनै पनि बालबालिका शैक्षिक सामग्रीको अभावमा विद्यालयको पहुँचभन्दा बाहिर नहुने दाबी गरेका छन् । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ शिक्षा विकास तथा समन्वय इकाईले जिल्लाभरि विद्यार्थी भर्ना अभियान सञ्चालन गरिसकेका छन् । 

रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले विद्यार्थी भर्ना अभियान सञ्चालनसँगै भर्ना भएका विद्यार्थीको निरन्तर कक्षा सञ्चालन गरी भर्ना अभियानलाई समेत निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्यालले स्थानीय तहमा खटेका शिक्षा शाखाका कर्मचारी स्थानीय तहमा पूर्ण समय दिन नसकेको भन्दै शिक्षा समन्वय इकाईले समय बन्दोबस्त गराउनुपर्नेमा जोड दिनुभयो । भर्ना कार्यक्रमलाई प्रभावकारी बनाउन वैशाख १४ गतेसम्म भित्र भर्ना हुने विद्यार्थीलाई मुस्कान सहितको फूल अबिर तथा स्थानीय संस्कृतअनुसार स्वागत गर्ने, वैशाख १५ गतेदेखि भर्ना नभएका विद्यार्थीलाई सम्पूर्ण सरोकारवालाको सहभागितामा घरदैलो भ्रमण गरी अभिभावकलाई शिक्षाको महत्वसम्बन्धी परामर्श गर्ने योजना छ । 

स्थानीय तहले कुनै पनि उमेर समूहका बालबालिका विद्यालयबाहिर नरहने प्रतिबद्धता व्यक्त गर्ने, भर्ना भएका विद्यार्थीलाई टिकाइराख्न र गुणात्मक शिक्षा व्यवस्थापनका लागि निरन्तर प्रभावकारी क्रियाकलाप सञ्चालन गर्नुपर्ने लगायतका कार्यक्रम जारी छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करिब एक महिना लामाे बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश मल्ल सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो सर्वदलीय बैठक सिंहदरबारमा जारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै