२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा दुई प्रतिशत बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर

३ बैशाख २०७५, सोमबार ०५:४९

वैशाख ३ नवलपरासी | नवलपरासी जिल्लामा हाल करीब दुई प्रतिशत बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रहेको तथ्यांक रहेको छ । 

शिक्षा विकास तथा समन्वय इकाई ९शिक्षा कार्यालयको परिवर्तन भएको नाम० नवलपरासीका अनुसार सो तथ्यांक रहेको कार्यालयले जनाएको छ । पाठ्यपुस्तक, शैक्षिक सामग्री, पोशाक लगायतका आवश्यक सामग्रीको आभावले कुनै पनि बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर नहुने गरी यस वर्ष कार्य अघि बढाइएको जिल्ला शिक्षा अधिकारी खड्कबहादुर कमालले जानकारी दिनुभयो । 

आधारभूत तहसम्म सामुदायिक विद्यालयका विद्यार्थीलाई सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने गरेको र उक्त रकम स्थानीय तहबाट निकासासमेत भइसकेकाले समयमै विद्यालयले पुस्तक उपलब्ध गराउनुपर्नेछ । पश्चिम नवलपरासी र पूर्वी नवलपरासी गरी दुवै जिल्लामा यस वर्षको विद्यार्थी भर्ना अभियान जारी छ । यस शैक्षिक सत्रबाट जनप्रतिनिधिले कुनै पनि बालबालिका शैक्षिक सामग्रीको अभावमा विद्यालयको पहुँचभन्दा बाहिर नहुने दाबी गरेका छन् । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ शिक्षा विकास तथा समन्वय इकाईले जिल्लाभरि विद्यार्थी भर्ना अभियान सञ्चालन गरिसकेका छन् । 

रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले विद्यार्थी भर्ना अभियान सञ्चालनसँगै भर्ना भएका विद्यार्थीको निरन्तर कक्षा सञ्चालन गरी भर्ना अभियानलाई समेत निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्यालले स्थानीय तहमा खटेका शिक्षा शाखाका कर्मचारी स्थानीय तहमा पूर्ण समय दिन नसकेको भन्दै शिक्षा समन्वय इकाईले समय बन्दोबस्त गराउनुपर्नेमा जोड दिनुभयो । भर्ना कार्यक्रमलाई प्रभावकारी बनाउन वैशाख १४ गतेसम्म भित्र भर्ना हुने विद्यार्थीलाई मुस्कान सहितको फूल अबिर तथा स्थानीय संस्कृतअनुसार स्वागत गर्ने, वैशाख १५ गतेदेखि भर्ना नभएका विद्यार्थीलाई सम्पूर्ण सरोकारवालाको सहभागितामा घरदैलो भ्रमण गरी अभिभावकलाई शिक्षाको महत्वसम्बन्धी परामर्श गर्ने योजना छ । 

स्थानीय तहले कुनै पनि उमेर समूहका बालबालिका विद्यालयबाहिर नरहने प्रतिबद्धता व्यक्त गर्ने, भर्ना भएका विद्यार्थीलाई टिकाइराख्न र गुणात्मक शिक्षा व्यवस्थापनका लागि निरन्तर प्रभावकारी क्रियाकलाप सञ्चालन गर्नुपर्ने लगायतका कार्यक्रम जारी छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य