2026-07-24 11:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सदरमुकाम सरसफाईको अभियान सत्र हप्ता- के भयो त परिवर्तन ?

fohorपर्वत जिल्लाको सदरमुकाम कुश्मा र आसपासको क्षेत्र सुन्दर, स्वच्छ र सफा बनाउनु पर्छ भनी अभियान थालेको सत्र हप्ता पुगिसकेको छ । शहरीकरण र मानवबस्ती विस्तारका कारण मानवीय सभ्यतामा चुनौती समेत थपिदै जाने हुन्छ । त्यो मध्ये वातावरणीय सरसफाई पनि एक हो । सुन्दर, सफा र शान्त वातावरण सभ्य समाजको रुप हो । फोहोर र अशान्त वातावरण कसैलाई मन पर्दैन । के यसो भनिरहदा हाम्रो घर, आगन अनि टोल र समाज हामीले चाहे र सोचे जस्तै छ त ? यसमा प्रत्येक नागरिकले सक्रिय सहभागिता जनाएको छ ? यो प्रश्न सुन्दामा जति सरल लाग्छ । त्यति नै गंम्भीर छ । सरसफाई अभियान थालेको हप्तौ वितिसक्दा यसले पारेको प्रभाव र परिवर्तन कस्तो रहेको छ ? यो विषय सर्वसाधारणमा चासो बनेको छ । सरसफाई अभियानको कल्पना र थालनीमा पर्वतका प्रजिअ झंकनाथ ढकालको योगदान छ । उनले हातमा कुचो लिई बढारेको र नालीमा पसेर फोहोर उठाउन थालेको हप्तौ वितिसकेको छ । सोलुखुम्वु जिल्लामा कार्यरत रहदा यस्तै सरसफाई अभियान थालेर प्रशंसा बटुलेका प्रजिअ ढकालले पर्वतमा नियुक्ति लिई कुर्ची सम्हालेको केही दिन वित्न नपाउदै अभियान थालेका हुन् ।

उनले जिल्लाका राजनीतिक नेतृत्व, संघसंस्थाका प्रतिनिधि, नागरिक समाज, समाजसेवी, सरकारी कार्यालयका कर्मचारी साथै सरोकारवाला सवैलाई भेला गरेर सरसफाई अभियानलाई अगाडि बढाउन प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई सरोकारवाला पक्ष सवैले सकारात्मक ढंगले लिए । सरसफाई अभियानमा सरिक हुँदै आएको अवस्था छ । प्रजिअ ढकालले सरसफाई अभियानलाई अझै प्रभावकारी ढंगले अगाडि बढाउन आवश्यक रहेको बताउँछन् । सदरमुकाम कुश्मामा विगत लामो समयदेखि सफा कुश्मा अभियान संस्थाले फोहोर व्यवस्थापन गर्दै आएको छ । आफ्नो घर र आँगनमा रहेको फोहोर सर्वसाधारणले ट्याक्टर मार्फत् फ्याक्ने गर्दै आए पनि सार्वजनिक स्थलहरु जस्तो राजमार्ग वरिपरिको फोहोर, नाली र बाटोघाटो, धार्मिक स्थल लगायतको फोहोर व्यवस्थापन हुन सकेको थिएन । सरसफाई अभियानबाट सार्वजनिक स्थलको फोहोर समेत व्यवस्थापन हुन लागेको छ ।

सरसफाई अभियानलाई सकारात्मक लिएको समाजका अगुवाहरुको धारणा छ । उवासंघ पर्वतका अध्यक्ष हरिओम शर्मा लामिछाने भन्छन्– यो अभियान राम्रो छ । यसले निरन्तरता पाउनुपर्छ । प्रत्येक स्थानीय नागरिकले सरसफाईमा चासो दिनु आवश्यक छ ।’ यस्तै विचार राख्नेमा समाजसेवी मानकुमारी गिरी छन् । उनी भन्छिन्– अरुको मुख ताक्ने नभई सरसफाईमा आफै लाग्नुपर्छ ।’ सफा कुश्मा अभियानका अध्यक्ष खडानन्द आचार्यले नगर सफा राख्नका लागि सरोकारवाला निकाय नगरपालिकाले चासो नदिएको गुनासो गरे । सवै एकजुट नभएसम्म नगर सफा राख्न नसकिने उनको धारणा छ । अध्यक्ष आचार्यका अनुसार अहिले दिनहुँ ठुला ट्याक्टरको पाँच ट्याक्टर फोहोर नगरपालिकामा निस्कन्छ । जिल्लामा सरसफाईबारे यस अघि औपचारिक अभियान थालिएको थिएन । फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइटको उचित व्यवस्था छैन । अभियान थालेको सत्रौ हप्ता लागिसक्दा यसको प्रभाव भने केही नै केही देखिन्छ । अहिले बजार क्षेत्रको घर अगाडि फोहोर देखिदैन भने फोहोर व्यवस्थापनका लागि डस्टविनहरु देखिन्छन् । मानिसमा फोहोर बाहिर अनावश्यक तरीकाले फाल्नु हुँदैन भन्ने मानसिकताको विकास हुँदैछ ।

विद्रयालयमा पठनपाठन गर्ने विद्यार्थीहरु माझ समेत अभियानलाई पुराउन सकेकोले अझ बढी प्रभाव परेको छ । सदरमुकाम र यस आसपासका सार्वजनिक स्थलहरुमा समेत फोहोर त्यति देखिन छाडेको छ । यो अभियानको राम्रो पक्ष हो । जे होस् फोेहोर अभियानले गर्ने भनेको सरसफाई राख्नुपर्छ है भन्ने सन्देशको संचार गर्नु हो भने सरसफाई गर्ने त आखिर स्थानीय जनताले नै हो । अर्कोतर्फ प्लाष्टिकमुक्त नगरपालिका क्षेत्र घोषणा गर्न सकेमा फोहोर व्यवस्थापनमा सहज हुने थियो । यसबारे सरोकारवाला पक्षको ध्यान जान आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक