२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

संगठनात्मक विस्तार बढाउँदै रेडक्रस

४ चैत्र २०७२, बिहीबार ०६:४२

पर्वत, मानविय सायताका क्षेत्रमा सेवा दिदै आएका नेपाल रेडक्रस सोसाइटीले आफ्नो संगठनलाई विस्तार गर्दै अगाडी बढिरहेको छ । जिल्लामा १७ उपशाखाबाट आफ्नो सेवा प्रवाह गर्र्दै आएको रेडक्रसले नगरपालिकामा समेत शाखा विस्तार गरी अहिले १८ वटा उपशाखाबाट आफ्नो सेवा प्रवाह गरेको छ । आ.व ०७१÷७२ मा ६८ जना नयाँ आजिवन सदस्य थपेको सोसाइटीले आ.व ०७२÷७३ को माघ मसान्त सम्ममा १ सय ३१ जना आजिवन सदस्य बनाउन सफल भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतका सभापति रुद्रबहादुर रिमाल बताउँछन् ।

आ.व ०७१÷७२ मा महिला १ सय ७६ र पुरुष १ हजार ४ सय २९ गरी कुल १ हजार ६ सय ५ जना आजीवन सदस्य रहेको यस सोसाइटीमा जुनियर सदस्य तर्फ महिला २ हजार ३ सय २ र पुरुष ७ हजार १ सय ८ गरी ९ हजार ४ सय १० पु¥याएको थियो भने युवा रेडक्रस सदस्य तर्फ महिला ६ सय ९९, पुरुष १ हजार ५ सय ६० गरी २ हजार २ सय ५१ जना बनाएको थियो । भने राहत वितणमा पनि उल्लेखीनीय कार्य गरेको तथ्याङले देखाएको छ । जसमा ३ सय ८० जनाले रेडक्रसबाट राहत समेत पाए भने १ सय ७९ जनाले एम्बुलेन्स सेवा समेत पाएको सभापति रिमालले जानकारी दिए । आ.व ०७२÷७३को लागि विभिन्न क्षेत्रको लागि भावी कार्यक्रम समेत सार्वजानिक गरेको छ । जसमा नेतृत्व विकास गर्ने तालिम देखि लिएर रक्तदान, कण्डम दिवस तथा वितरण, भूकम्प दिवस, सदस्यता विस्तार समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने