Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको रजहरमा पहिलोपटक घडियाल काब्य उत्सव हुँदै

२०७५, ५ बैशाख बुधबार ०२:५९

बैशाख ५, नवलपरासी (रासस) | सन् १९७० देखि नै दुर्लभ मानिएको अति संकटापन्न जीव घडियाल गोहीको संरक्षणका लागि नेपालमै पहिलोपटक पूर्वी नवलपरासीको रजहरमा घडियाल काब्य उत्सव गर्न लागिएको छ । 

प्रकृतिसँग साहित्य घडियाल काब्य उत्सव आगामी वैशाख ७ र ८ गते गर्ने तयारी अन्तिम चरणमा पुगेको आयोजक ह्याप्पी एफएम, नवलपरासीले जनाएको छ । 

अति संकटापन्न जीव घडियाल गोहीको साहित्यमार्फत संरक्षणका लागि ‘प्रकृतिसँग साहित्य’ भन्ने मूल नारासहित घडियाल काब्य उत्सवको आयोजना गरिएको ह्याप्पी एफएमका प्रबन्ध निर्देशक दीपेश कडरियाले बताउनुभयो । 

नवलपुरको पर्यटन सम्भावनालाई उजागर गरी आन्तरिक र बाह्य पर्यटकको आँखामा साहित्यमार्फत घडियाल गोहीको प्रचारप्रसार गरी संरक्षणमा निरन्तरता दिने काब्य उत्सवको लक्ष्य रहेको छ । 

नेपाली साहित्यको श्रीवृद्धि र सम्वद्र्धनमा टेवा पुर्याउने, ओझेलमा परेका साहित्यकारलाई एउटै थलोमा जोड्ने वातावरण बनाउनु र नयाँ पुस्तालाई साहित्यको क्षेत्रमा थप अगाडि ल्याउने वातावरणको सिर्जना गर्ने कार्यक्रमको लक्ष्य रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ