२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीको मंगलामा मल उद्योग स्थापना

५ बैशाख २०७५, बुधबार ०८:१९

वैशाख ५ बेनी, म्याग्दी | रासायनिक मल र विषादीको न्यूनीकरणका लागि मंगला गाउँपालिकामा प्राङगारिक मल उद्योग स्थापना गरिएको छ ।

अष्ट्रेलियमा प्रयोग हुने ‘सास्गा’ प्रविधिद्वारा गाउँघरमै खेरगएको कृषिजन्य वस्तुबाट मल कारखानाको स्थापना गरिएको हो । खेतीयोग्य जमिनको प्रयोग गदै गाउँपालिकाभित्र अर्गानिक खेतीमा किसानलाई आकर्षित गराउन गाउँपालिकाले पहिलो चरणमा ४० कृषकलाई तालीम प्रदान गरेको थियो । 

तालिमपछि उद्योग स्थापनाका लागि सहजभएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । “परीक्षण उत्पादन सफल भएको छ, अब बिक्री वितरणका लागि सहज हुनेगरी उत्पादन गछौँ” उहाँले भन्नुभयो । खेतीयोग्य जमिनको संरक्षण र रासायनिक मलको प्रयोगलाई निरुत्साहित गर्दै स्वस्थकर बाली उत्पादनका लागि प्राङ्गारिक मलको उद्योग स्थापनालाई प्राथमिकता दिइएको हो । 

पहिलो चरणको तालीममा प्रत्येक वडाबाट आठजना गरी ४० जनाले तालीम लिएका थिए । गाउँपालिकाले उद्योग स्थापनाका लागि चालु आवमा रु पाँच लाख बजेट विनियोजन गरेको छ । गाउँपालिका, वडास्तरमा र किसानले घरदैलोमा नै यो विधिद्वारा मल बनाउन सक्छन् । न्यून लगानीमा समेत उद्योग स्थापना गर्न सकिने भएकाले पनि तालीम लिएका कृषकले घरमै प्राङगारिक मलको उत्पादन शुरू गरेका छन् । 

रासायनिक मलको प्रयोगले क्षणिक रुपमा उत्पादनले वृद्धि भए पनि माटोको उर्वराशक्ति नष्ट गर्ने र वातावरणमा समेत असर गर्ने विज्ञहरुको भनाइछ । प्राङ्गारिक मलले जमिनको आयुसमेत बढ्छ । गाउँपालिकाभित्रका किसानले रासायनिक मलको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका अध्यक्ष रोकाले बताउनुभयो । खेतीयोग्य माटोमा बढीमा पाँच प्रतिशत र न्यूनतम दुईदेखि तीन प्रतिशतसम्म प्राङ्गारिक पदार्थ हुन्छ । बेनी नगरपालिका, रघुगंगा, अन्नपूर्ण, मालिका र धौलागिरि गाउँपालिकाले समेत अर्गानिक खेतीलाई प्रोत्साहन गर्न उपकरण र मलमा अनुदानको सुविधा दिने जनाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो