2026-09-19 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीको मंगलामा मल उद्योग स्थापना

वैशाख ५ बेनी, म्याग्दी | रासायनिक मल र विषादीको न्यूनीकरणका लागि मंगला गाउँपालिकामा प्राङगारिक मल उद्योग स्थापना गरिएको छ ।

अष्ट्रेलियमा प्रयोग हुने ‘सास्गा’ प्रविधिद्वारा गाउँघरमै खेरगएको कृषिजन्य वस्तुबाट मल कारखानाको स्थापना गरिएको हो । खेतीयोग्य जमिनको प्रयोग गदै गाउँपालिकाभित्र अर्गानिक खेतीमा किसानलाई आकर्षित गराउन गाउँपालिकाले पहिलो चरणमा ४० कृषकलाई तालीम प्रदान गरेको थियो । 

तालिमपछि उद्योग स्थापनाका लागि सहजभएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । “परीक्षण उत्पादन सफल भएको छ, अब बिक्री वितरणका लागि सहज हुनेगरी उत्पादन गछौँ” उहाँले भन्नुभयो । खेतीयोग्य जमिनको संरक्षण र रासायनिक मलको प्रयोगलाई निरुत्साहित गर्दै स्वस्थकर बाली उत्पादनका लागि प्राङ्गारिक मलको उद्योग स्थापनालाई प्राथमिकता दिइएको हो । 

पहिलो चरणको तालीममा प्रत्येक वडाबाट आठजना गरी ४० जनाले तालीम लिएका थिए । गाउँपालिकाले उद्योग स्थापनाका लागि चालु आवमा रु पाँच लाख बजेट विनियोजन गरेको छ । गाउँपालिका, वडास्तरमा र किसानले घरदैलोमा नै यो विधिद्वारा मल बनाउन सक्छन् । न्यून लगानीमा समेत उद्योग स्थापना गर्न सकिने भएकाले पनि तालीम लिएका कृषकले घरमै प्राङगारिक मलको उत्पादन शुरू गरेका छन् । 

रासायनिक मलको प्रयोगले क्षणिक रुपमा उत्पादनले वृद्धि भए पनि माटोको उर्वराशक्ति नष्ट गर्ने र वातावरणमा समेत असर गर्ने विज्ञहरुको भनाइछ । प्राङ्गारिक मलले जमिनको आयुसमेत बढ्छ । गाउँपालिकाभित्रका किसानले रासायनिक मलको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका अध्यक्ष रोकाले बताउनुभयो । खेतीयोग्य माटोमा बढीमा पाँच प्रतिशत र न्यूनतम दुईदेखि तीन प्रतिशतसम्म प्राङ्गारिक पदार्थ हुन्छ । बेनी नगरपालिका, रघुगंगा, अन्नपूर्ण, मालिका र धौलागिरि गाउँपालिकाले समेत अर्गानिक खेतीलाई प्रोत्साहन गर्न उपकरण र मलमा अनुदानको सुविधा दिने जनाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई