२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

सर्वाधिक धनराशी भएको अनुप स्मृती गोल्ड कप बैशाख अन्तिम साताबाट खोटाङमा

५ बैशाख २०७५, बुधबार १०:३६

चिसाङ शेर्पा/बैशाख ५ खोटाङ | सर्वाधिक पुरस्कार धनराशी भएको अनुप स्मृती गोल्ड कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको दोश्रो संस्करण बैशाख अन्तिम साताबाट शुरु हुने भएको छ । ‘खोटाङमा व्यावसायिक फुटबलको विकास, पर्यटन र व्यापार प्रबद्र्धनमा हाम्रो प्रयास’ भन्ने मुल नाराका साथमा आगामी बैशाख २६ गतेदेखी ३१ गतेसम्म सदरमुकामस्थित माटिकोरे खेलमैदानमा दोश्रो संस्करण सञ्चालन हुने भएको हो । 

माउण्ट एभरेष्ट बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लवको संयुक्त आयोजनामा गतवर्ष देखी सञ्चालित ‘अनुप स्मृती रनिङ कप’लाई परिमार्जित गरी अनुप स्मृती गोल्ड कपको आयोजना गर्न लागिएको बुधबार दिक्तेलस्थित उधोग वाणिज्य संघको कार्यालयमा पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । जिल्लामा फुटबलको ईतिहासमा ठूलो धनराशी भएको प्रतियोगिता कूल लागत २५ लाख ४१ हजार ३९१ रुपैयाँमा सञ्चालन हुदैछ ।

प्रतियोगिताका प्रथम टिम समुहले १ लाख ५१ हजार १११, दोश्रो टिम समुहले ७५ हजार ५५५ नगदका साथमा कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमि फाइनालिस्ट दुई टिम समुहले २५÷२५ हजार, उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्टाइकर, सर्वाधिक गोलकर्ता, मेन अफ द टुनामेन्ट, उत्कृष्ट टिम प्रशिक्षकले ५÷५ हजार तथा अनुशासित टिमले ५ हजार २२५ रुपैयाँ पुरस्कार पाउने छन् ।

विभिन्न संस्थाहरुबाट प्राप्त नगद÷जिन्सि, व्यापारिक प्रतिष्ठानको विज्ञापन प्रायोजन, स्थानिय संघ, संस्था, कार्यलय, आयोजकको स्वलागनी तथा विभिन्न शुभचिन्तकको सहयोगबाट प्रतियोगिताका लागि आर्थिक तथा भैतिक बन्दोवस्त गरिने अनुप स्मृती गोल्ड कप मूल आयोजक समिति संयोजक सागर जोशीले जानकारी दिनुभयो । जिल्लाको पर्यटन प्रवद्र्धन, व्यापार व्यावसायमा टेवा पुग्ने प्रतियोगिता सञ्चालनका लागि देश विदेशमा रहेका सबैलाई सहयोगको आव्हान समेत गरिएको संयोजक जोशीले बताए । 

माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा कक्षा नर्सरीमा अध्ययनरत बालक अनुप राईलाई २०६२ जेष्ठ २ गते दिक्तेल बजारको पुरानो बैंकचोकमा ट्याक्टरले ठक्कर दिंदा ज्यान गएको संम्झनामा गतवर्ष देखी अनुप स्मृती गोल्डकप प्रतियोगिता गर्न थालिएको हो । दोश्रो संस्करणमा जिल्लाभित्रका ९ तथा जिल्ला बाहिरका ५ राम्रा टिमलाई खेल प्रतियोगितामा सहभागी गराउने योजना रहेको आयोजकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो