२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल र चीन जोड्ने रेलमार्गबारे ‘ओबर’मा सहमति

२०७५, ५ बैशाख बुधबार १४:१५

वैशाख ५, बेइजिङ । नेपाल र चीनबीच जोड्ने वान बेल्ट वान रोड (ओबर) मार्फत क्रस-हिमालय कनेक्भिभिटी नेकवर्क अघि बढाउन दुवै देश सहमत भएका छन् । भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले र चीनका समकक्षी वाङ यीलाई भेटि यस्तो सहमति गरेको हो । 

परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ समकक्षी वाङ यीसँग बेइजिङमा भएको वार्तामा ओबरमा पर्ने परियोजनाको सूची सार्वजनिक गर्ने पनि सहमति भएको छ । चीनले क्रस-हिमालय कनेक्भिभिटी नेकवर्क बन्नेमा विश्वास व्यक्त गर्दै भारतलाई समेत यसमा जोडिन आव्हान गरेको छ । चीनले ओबर सहमति पछि नेपाल, भारत र चीनको समृद्धिमा ठूलो सहयोगी बन्ने समेत बताएको छ ।

यस्तै चीनले नेपालको विकासका लागि दुई ठूला छिमेकीबीच साझा धारणा हुनु पर्नेमा जोड समेत दिएको छ । विदेशमन्त्री वाङले चीन, नेपाल र भारत प्राकृतिक रुपमा नै मित्र र साझेदार भंएको भन्दै छिमेकी देशले एकअर्काको भलो चाहेको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन