२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

मध्यराति बिस्केट जात्रामा ढुंगा हान्ने १३ पक्राउ

६ बैशाख २०७५, बिहीबार ०९:५०

वैशाख ६ भक्तपुर | भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको अन्तिम रात अर्थात् आज बिहान २:१५ बजे भक्तपुर नगरपालिका–३ तौमढीमा जात्राको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई लक्ष्य गरी ढँुगा हानेर जात्रा बिथोल्न खोजेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भक्तपुर–२ खसीबजार बस्ने २२ वर्षीय विजय सुवाल, २६ वर्षीय सुमन कासुला, भक्तपुर–१० कमलविनायक बस्ने २३ वर्षीय मनिष मकाजु, ३१ वर्षीय सुनिल गुरुङ, भक्तपुर–४ बस्ने १८ वर्षीय मनिष छुकाँ, १८ वर्षीय सन्नी छुकाँ, २८ वर्षीय अर्जुन गपी, २२ वर्षीय लम्मीप्रसाद दुवाल, भक्तपुर–५ इताछें बस्ने २६ वर्षीय सुरेन्द्र देशेमरु, १८ वर्षीय सशिस पन्च र भक्तपुर–३ नासमना बस्ने ३८ वर्षीय सबिन श्रेष्ठ रहेका छन् । 

त्यस्तै, जात्रामा हतियारसहित सहभागी भएर जात्रा बिथोल्न खोजेको आरोपमा प्रहरीले भक्तपुर–४ सुकुलढोका बस्ने १८ वर्षीय साजन माक र सूर्यविनायक नपा–६ बस्ने १६ वर्षीय समन भेलेलाई खुकुरी र हातमा लगाउने औँठी जस्तो नोकसमेत लिई जात्रा अशान्त बनाउन खोजेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका सबैमाथि थप अनुसन्धान जारी राख्दै कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक मदन केसीले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु