२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चार बुँदे सहमति पश्चात खुल्यो सिराहाको बिडी कलेजको ताला

६ बैशाख २०७५, बिहीबार ११:०६

राम नारायण पंडित/बैशाख ६ सिरहा। ब्रम्हचारी दामोदरानन्द कलेज मिर्चैयामा बिद्यार्थीहरुले लामो समयदेखि गरेको तालाबन्दी खुलेको छ । कलेज प्रशासन, बिद्यार्थी, स्थानिय सरकारबिच चार बुँदे सहमति भएपछि बिद्यार्थीहरुले आज (विहिवार) ताला खोलेका छन् । 

कलेजका निमित्त प्रमुख उमेश साहले शौक्षिक व्यवस्थापन, कलेज व्यवस्थापन समिति गठन, स्टाप मिटिङ्ग गरी खाता संचालन गर्ने र लामो समयदेखि बन्द रहेको पठनपाठन नियमित सुचारु गर्ने प्रतिबद्धता गरेपछि बिद्यार्थीहरुले तालाबन्दी खोलेका हुन् । 

यसअघिका कलेज प्रमुख नियमित रुपमा पठनपाठन नगराएको, एकलौटी रुपमा कलेज संचालन गरी बिद्यार्थीको भविष्यमाथी खेलबाड गरेको, कलेजको शैक्षिक, आर्थिक, प्रशासकिय क्षेत्रमा अनियमितता गरेको, विषयगत शिक्षक बिना नै अध्ययन गर्न बाध्य बनाएको बिद्यार्थीहरुले आरोप लगाउदै कलेजमा तालाबन्दी गरेका थिए । 

ब्रम्हचारी दामोदरानन्द कलेज मिर्चैयाको संचालक समितिको २०७४ पुस १२ गतेको निर्णय अनुसार कलेज प्रमुख संजय कुमार साहले आर्थिक कारोबार व्यवस्थापन समितिको निर्णय विपरित मानोमानी ढंगले गरी आर्थिक अनियमितता गरेको, बिना बिज्ञापन आफ्नै अनुकुल शिक्षक भर्ना गरेको, आयव्यय पारदर्शी नगरी समितिको जानकारी बिना लेखापरिक्षण गराएको, कलेजमा कार्यरत कर्मचारीहरुलाई १६ महिनादेखि तलब उपलब्ध नगराएको, कलेजको भबन निर्माणका लागि आएको अनुदान रकम मनोपोली ढंगले खर्च गरेको, ब्यक्तिगत स्वार्थका लागि कलेजको सम्बन्धित निकायहरुमा फर्जी कागजातको प्रयोग गरेको  भन्दै निज प्रमुख साहलाई कारबाही गरी उप–प्रध्यापक उमेश साहलाई निमित्त कलेज प्रमुख बनाएपछि प्रमुख संजय कुमार साहले दायर गरेको रिट निबेदन उच्च अदालत जनकपुर राजबिराज ईजलासले २०७४ चैत २५ गते  खारेज गरेको कलेजले जनाएको छ ।

नियमित रुपमा पठनपाठनको माँग गर्दै गत माघ २४ गतेदेखि विद्यार्थीहरुले कलेजमा तालाबन्दी गरेका थिए । लामो समयदेखि तालाबन्दी हुँदा कलेजमा अध्यनरत करीब ४ सय बिद्यार्थीको भबिष्य अन्धकारमा धकेलिएको थियो ।

मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबको अध्यक्षतामा भएको बैठकमा बडा नं. ५ का बडा अध्यक्ष धिरेन्द्र कुमार साह, कलेजका निमित प्रमुख उमेश साह, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक गजुसिद्धि बज्राचार्य, कलेजका संस्थापक अध्यक्ष हरीकिशोर महतो, बिद्यार्थी, स्थानियबासी, बुद्धिजिबी, शिक्षापे्रमी, राजनितिकर्मी लगायत बिभिन्न क्षेत्रका उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण