२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लागु औषधसम्बन्धी सचेतना जगाउँदै सकियो रोट¥याक्ट सप्ताह

६ चैत्र २०७२, शनिबार ०५:४३

चैत ६, पर्वत । रोट्रयाक्ट क्लव अफ पर्वतले आफ्नो स्थापना दिवसको अबसरपारि आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन क्लबले लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेता जगाउँदै समापन गरेको छ । यहि फाल्गुन २९ गतेदेखि सुरु भएको रोट्रयाक्ट सप्ताहको अन्तिम दिन शुक्रबार शिवालय बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई लागूपदार्थ दुव्र्यसनी सम्बन्धि चेतानमुलक कार्यक्रम दिईएको हो ।

कार्यक्रममा दुव्र्यसनमा फसेका युवायुवतीहरुलाई नयाँ दुव्र्यसनबाट छुटकारा दिलाउने संस्था नौलो घुम्ती नेपालका प्रशिक्षक र नयाँ जीवन पुर्नस्थापना केन्द्र बाग्लुङ्गकाका टिकासिंह पुनले पनि प्रशिक्षार्थीहरुलाई लागूपदार्थ बाट टाढै रहन सुझाव व्यक्त गर्दै प्रशिक्षण दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले यस्ता दुव्र्यसनीका विरुद्ध कडा कानुन बनाई दुव्र्यसनीको कारोबारी गर्नेहरुलाई कानूनी दायरामा ल्याउनुपर्ने बताए । प्रशिक्षार्थी विद्यार्थीहरुलाई जिल्ला ट्राफिक कार्यालय पर्वतको सहयोगमा लागूपदार्थ दुव्र्यसनीमा फस्ने तरिका, त्यसले पु¥याउने नकारात्मक असर र घरपरिवार तथा समाजको हेर्ने दृष्टिकोणको बारेमा सचेतनामुलक टेलिश्रृंखला समेत प्रस्तुत ग¥यो ।

कार्यक्रमकै अबसरमा स्वास्थ आमा समुह पातिचौर लाई स्टे«चर तथा बालमन्दिर प्राथमिक विद्यालयका दृष्टिबिहिन शिक्षिका शान्ति पौडेल र शिवालय उच्च माध्यमिक विद्यालयमा अध्यापन गर्ने दृष्टिबिहिन शिक्षक हरिदत्त पौडेललाई बोल्ने घडी समेत वितरण गरिएको थियो । कार्यक्रमको समापन गोपाङघाटमा रहेको गुम्बामा रहेर शान्तिको कामना सहित समापन गरिएको थियो ।

क्लवका अध्यक्ष सन्तोषराज पौडेलको अध्यक्षतामा सञ्चालित कार्यक्रममा क्ल्वका सचेतक गोविन्द रिजालले कार्यक्रमलाई समय निर्धारण गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव आरसी पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने