२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा तोकिएको समयबाहेक गुड्ने यातायातलाई कारबाही गरिने

७ बैशाख २०७५, शुक्रबार ०८:११

वैशाख ७ झापा | स्थानीय सरकारले लागू गरेको निर्णय विपरीत नगरपालिका अन्तर्गतका मुख्य सडकमा तोकिएको समयबाहेक निर्माण सामग्री ढुवानी गरी गुड्ने यातायातका साधनलाई नियन्त्रणमा लिन थालिएको छ । 

नगरपालिकाको सूचना अनुसार अव्यवस्थित तरिकाले गुड्ने उक्त यातायातका साधनका कारण आवागमनमा समस्या, ध्वनी प्रदूषण तथा दैनिक जनजीवनमा असर पर्न गएको गुनासो नगरवासीले गरेपछि नगर बोर्डको गत फागुन २७ गते सम्पन्न बैठकले गत मंगलबारदेखि लागू हुनेगरी सो सडकमा बिहान ९ देखि १० बजेसम्म, दिउँसो ३:३० देखि ४:३० बजेसम्म र राति ९ देखि बिहान ५ बजेसम्म त्यस्ता ढुवानी गर्ने सवारी साधन गुड्न रोक लगाएको हो । 

नगरपालिकाका मुख्य सडक 

नगरपालिकाको तथ्यांक अनुसार बिर्तामोड–महानन्दचोक–शनिश्चरे–जयपुर सडक, बिर्तामोड–शनिश्चरे–खुदुनावारी सडक, चारपाने–ओमचोक–नारायणचोक–हात्तीकिल्ला–बरडाँडा–बुधबारे सडक, लक्ष्मीपुर–पानीकल–रातेखाल–तामाङचोक–मदनपुर सडक र दुर्गापारी–दानाबारी सडकलाई मुख्य सडक मानिएको छ । 

यसैबीच शनिश्चरे प्रहरी चौकीका सुरेशकुमार संग्रौला र ट्राफिक बिट प्रमुख प्रहरी हबल्दार दलबहादुर खत्रीको संयुक्त जाँच टोलीले आज १७ वटा ट्रिपर तथा ट्र्याक्टर नियन्त्रणमा लिइएको चौकीका प्रमुख संग्रौलाले जानकारी दिनुभयो । 

नियन्त्रणमा लिइएका ती साधनलाई पहिलोपटक सचेत गराई छोडिएको र फेरी निषेध गरिएको समयमा चलाएको नगरपालिकासँगको समन्वयमा कारबाही गरिने हवल्दार खत्रीले बताउनुभयो । 

यता अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले सो निर्णय कार्यान्वयन गर्न आफू लाग्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो