जिल्लामा सम्पन्न दशौ अन्तर मा.वि राष्ट"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जिल्लामा सम्पन्न दशौ अन्तर मा.वि राष्ट"/>

२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

प्रदेश खेलकुदमा जुम्लाबाट ६७ जना छनोट

२०७५, ७ बैशाख शुक्रबार ०८:४१

नन्दराम जैसी/वैशाख ७ जुम्ला | प्रदेश स्तरीय खेलकुद प्रतियोगिताका लागि जुम्लाबाट खेलाडी सतिह ६७ जनाको टिम छनोट भएको छ ।


जिल्लामा सम्पन्न दशौ अन्तर मा.वि राष्टपति रनिङ शिल्ड प्रतियोगिताबाट यहि बैशाख महिनाभित्र हुने उक्त प्रदेश स्तरीय खेलकुद प्रतियोगिताका लागि जुम्लाका खेलाडीसहित ६७ जनाको टिम छनोट भएको हो । जसमा ४ जना खेल प्रशिक्षक, ४ जना टिम ब्यवस्थापक र ५९ जना खेलाडी रहेका छन् ।   

जिल्ला खेलकुद विकास समितिका अनुसार ऐथलेटिक्स छात्र, छात्रा, भलिबल छात्र, छात्रा, कवडी छात्र, छात्रा र तेक्वान्दो÷कँराते छात्र, छात्राहरुले प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा भाग लिने भएका छन् । तर प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा भाग लिने खेलाडीहरुको ब्यवस्थापनमा भने आर्थिक चुनौती देखिएको छ । पटक पटक हुने जिल्ला बाहिरका विभिन्न खेलकुद प्रतियोगितामा भाग लिने खेलाडीलाई आवतजावत भाडा, खाना नास्ता खर्च लगाएत ब्यवस्थापनको कुरामा आर्थिक समस्या हुदै आएको हो, यस पटक पनि खेलाडीको ब्यवस्थापनमा आर्थिक चुनौती थपिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हरीप्रसाद क्षेष्ठले बताए । दशौ अन्तर मा.वि राष्टपति रनिङशिल्ड प्रतियोगिताको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।   

सोहि कार्यक्रममा खेलकुद विकास समितिका कार्यालय प्रमुख कविदत्त न्यौपानेले रनिङशिल्ड प्रतियोगितामा भएको आय, ब्यय बिवरण प्रस्तुत गरेका थिए । जसमा आय तर्फ ११ लाख ३५ हजार र ब्यय तर्फ ८ लाख ३४ हजार ५ सय १० रुपैया रहेको उनले बताए । बाँकि बैंक मौज्दात रहेको रकम प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा भाग लिने खेलाडीको ब्यवस्थापनमा खर्च हुने उनको भनाइ छ । ‘तर यो रकमले ब्यवस्थापन गर्न पुग्दैन, अपुग बजेट ब्यवस्थापन गर्ने पहलमा छौ’ उनले भने, ‘गाँउपालिका र अन्य निकायसँग बजेट ब्यवस्थापनका लागि समन्वय भैरहेको छ ।’

उनका अनुसार दशौ अन्तर मा.वि राष्टपति रनिङशिल्ड प्रतियोगिता संचालनका लागि युवा तथा खेलकुद मन्त्रालयबाट ५ लाख २० हजार, चन्दननाथ नगरपालिकाले २ लाख, पातारासी गाँउपालिकाले १ लाख ५ हजार, तिला गाँउपालिकाले १ लाख, कनकासुन्दरी गाँउपालिकाले १ लाख ५ हजार र तातोपानी गाँउपालिकाबाट १ लाख ५ हजार रकम प्राप्त भएको थियो । बाँकि हिमा, सिंजा र गुठिचौर गाँउपालिकाबाट १ लाख ५ हजारका दरले ३ लाख १५ हजार रकम सहयोग भएमा प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा सहभागि हुने खेलाडीको ब्यवस्थापनमा सहज हुने कार्यालय प्रमुख न्यौपानेले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले खेल क्षेत्रमा भएका कमिकमजोरी सुधार्दै समस्या समाधानमा सबै निकायले सहयोग गर्नुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा सहभागि हुने खेलाडीको ब्यवस्थापनमा देखिएको आर्थिक समस्या समाधान हुने आश्वासन दिएका छन् । ऐथलेटिक्स खेल मार्फत जुम्लाका खेलाडीले विश्वसामु आफ्नो पहिचान देखाएको भन्दै अन्य खेलकुदका कार्यक्रमलाई पनि प्रभावकारी बनाउन उनले सुझाब दिए ।

तातोपानी गाँउपालिका अध्यक्ष नवराज न्यौपानेले कुनै पनि खेल प्रतियोगितामा राम्रो प्रतिभा भएको खेलाडीलाई छुटाउन नहुने तर्क गर्दै खेल क्षेत्रमा चाहिने आवाश्यक बजेट बिनियोजनमा गाँउपालिकाले जोड दिने बताए । निमित्त जिल्ला शिक्षा अधिकारी महेश देबकोटाले अन्तर मा.वि राष्टपति रनिङशिल्ड प्रतियोगितामा नक्कली खेलाडी सहभागि नहुने बातावरण बनाउन जोड दिनुपर्ने सुझाब दिएका थिए ।    



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ