नन्द बहादुर रोकाया/बैशाख ७ मुगु | मुगु जिल्लको उत्तरी भेगमा पर्ने सोरु गाँउपालिकामा रहेका दुई बिद्यालयमा पाठ्य पुस्तक ढुवानी नगर्दा बिद्यार्थी मर्कामा परेका छन |

नेपाल सरकारले बिद्यालय सम्म पाठ्य पुस्तक ढुवानीका लागी रकम ब्यबस्था नगरेकाले पाठ्य पुस्तक बिक्रि केन्द्र देखि बिद्यालय सम्म ढुवानी गर्न बिद्यालय आफैले ढुवानी गर्नु पर्ने हुदा सोरु गाँउ पालिकाको दुई बिद्यालयले माबिका पाठ्य पुस्तक ढुवानी नगर्दा बिद्यार्थी मर्कामा परेका हुन ।

सोरु गाँउपालिका —९ मा रहेको जगतमाला माबिलेले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक ढुवानी गरेको भएपनि ६ देखि १० कक्षा सम्मको पाठ्यपुस्त ढुवानी नगर्दा बिद्यार्थी आफै पाठ्य पुस्तक लिनका लागी एक दिन हिडेर सदरमुकाम आउन बाध्य भएका छन। भने सोही गाँउपालिका —१० मा रहेको श्री नेपाल राष्टिय बाम्नि माबिले पनि अहिले सम्म पनि कुनै कक्षाका पाठ्य पुस्तक ढुवानी गरेको छैन ।

शिक्षकहरुले प्रथामिक तह सम्मको पाठ्य पुस्तक बिद्यालयमा पुर्याए तर माबि तहका पाठ्य पुस्तक नपुर्याउदा एक दिन हिडेर सदरमुकाम पुग्नु पर्ने बाध्यता रहेको जगतमाला माबि धैनमा कक्षा ९ मा अध्यरत छात्र गणेश जैसिले गुनासो पोखे ।

जिल्ला भर १ सय ४० बिद्यालय मध्ये यि दुई बिद्यालयले बिद्यार्थी लाई पाठ्य पुस्तक लिन सदरमुकाम पठाएका छन । पहिलो चरणमा ढुवानी भएका पाठ्य पुस्तक सकिएका र बाटोमा आउदै गरेका पुस्तक केही दिन पुग्न ढिलो हुने भएकाले टाढा बाट आएका बिद्यार्थी हरुलाई बिक्रि केन्द्रमा रहेका केही पाठ्य पुस्तक बिक्रि गरेर पठाउने गरेको पाठ्य पुस्तक बिक्रिको जिम्मा लिएको जय लक्ष्मि पुस्तक भण्डारका प्रोपाईटर लक्ष्मि प्रसाद भाम बताउछन ।

भामका अनुसार सबै बिद्यालयले आफै ढुवानी गरेर बिद्यार्थीको हातमा पाठ्य पुस्तक पर्याएको भएपनि सोरु गाँउ पालिकाको दुई र सदरमुकाममै रहेको श्री महाँकाली माबिका बिद्यार्थी आफै पाठ्य पुस्तक लिन आउने गरेका छन ।

पाठ्य पुस्तक ढुवानी नगर्दा मुगुका बिद्यार्थी मर्कामा
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment