2026-09-04 12:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगारीमा दक्ष २ प्रतिशत मात्र

वैशाख ८, भक्तपुर (रासस) | सरकारले वैदशिक रोजगारमा जाने युवालाई तालीम दिएर पठाउने तयारी गरेको छ । 

राष्ट्रिय युवा परिषद्बाट शुक्रबार आयोजित ‘युवाका मुद्दा, युवालक्षित कार्यक्रमका लागि सञ्चार क्षेत्रको भूमिका सम्बन्धमा पत्रकारसँग’ अन्तक्र्रियामा युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले अहिले अर्धदक्ष युवा विदेश गइरहेकाले अब तालीम दिएर मात्र दक्ष युवालाई मात्र विदेश पठाउने बताउनुभयो । “थोरै ज्ञान सीप सिकेर विदेश गएको खण्डमा दोब्बर तलब पाउँछन्”, उहाँले भन्नुभयो, “त्यसैले तालीम दिएर मात्र युवा पठाउने तयारीमा रहेका छौं ।” उहाँले विद्यालय तहबाट नै प्राविधिक शिक्षा सञ्चालन गर्नुपर्ने बताउनुभयो । 

वैदेशिक रोजगारका लागि अदक्ष ७४ प्रतिशत, अर्धदक्ष २४ प्रतिशत र दक्ष दुई प्रतिशत युवा जाने गरेका छन् । सचिव सापकोटाले युवालाई मुलुकमा परिचालन गर्ने योजना बनाइरहेको जानकारी दिनुभयो । उहाँले सञ्चारमाध्यमलाई युवाका सकारात्मक सफलताका कथालाई सम्प्रेषण गर्न आग्रह गर्नुभयो । सचिव सापकोटाले युवा नीति २०७२ लाई परिमार्जन गरी थप युवामैत्री बनाइने बताउनुभयो । 

कार्यक्रममा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले युवाका विषय स्थापना गर्न सञ्चारकर्मीले अहं भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै दुई वर्षमा मुलुकका धेरै युवालाई स्वरोजगार बनाइने जिकिर गर्नुभयो । उहाँले ४६० गाउँपालिकामा विद्युतीय पुस्तकालय र सबै स्थानीय तहमा युवामैत्री उद्यान बनाइने पनि बताउनुभयो । 

कार्यक्रममा परिषद्का प्रशासकीय अधिकृत मुक्तिसिंह ठकुरीले गरीब एवं विपन्न युवालाई लक्ष्य गरेर स्वरोजगार कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा देशभरिका ३० पत्रकारको सहभागिता थियो ।  

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ