2026-09-19 02:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीको दरवाङमा टेलिफोन सेवा विस्तार

वैशाख ९ म्याग्दी | सदरमुकाम बेनीदेखि २४ किमी पश्चिम अवस्थित मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा तारजडित टेलिफोन सेवा विस्तार भएको छ । 

सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले मालिका गाउँपालिका– ५ देवीस्थानमा रिपिटर टावर स्थापना गरेर योङ जेनेरेशन नेटवर्क (एनजिएन) प्रविधिको टेलिफोन विस्तार गरेको हो । टेलिफोनसँगै एडिएसएल इन्टरनेट चलाउन सकिने प्रविधिको ११० लाइन टेलिफोन जडान गरिएको टेलिकम म्याग्दीका प्रमुख विष्णुदेव साहले जानकारी दिनुभयो । 

तारजडित टेलिफोन सेवा विस्तार भएपछि म्याग्दीको दोस्रो व्यापारिक केन्द्र दरवाङ बजारका बासिन्दालाई सुलभ रुपमा सूचना, सन्देश, समाचार आदानप्रदानमा सहज भएको छ । सार्वजनिक सेवा प्रवाह, व्यापारिक गतिविधि र बैंकिङ सेवामा सहज भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । 

टेलिकमले यसअघि बेनीमा एक हजार २६१, पर्यटकीयस्थल घोडेपानीमा ३४ र गलेश्वरमा ५१ लाइन तारजडित टेलिफोन वितरण गरेको छ । एक लाख १३ हजार जनसंख्या रहेको म्याग्दीमा टेलिकमले गत चैतसम्म ७२ हजार ५५७ पोष्टपेड र प्रिपेड मोबाइल सिम वितरण गरेको छ । 

असी प्रतिशत जिल्लावासीमा नेपाल टेलिकमको सञ्चार सेवाको पँहुच पुगेको शाखा प्रमुख साहले बताउनुभयो । म्याग्दीमा टेलिकमका २५ मोबाइल बिटिएस, पाँच सिडिएमए र चार वाइम्याक्स टावर सञ्चालनमा छन् । यसै महिनाभित्र धौलागिरि गाउँपालिकाको केन्द्र मुना, मंगला गाउँपालिकाको झाँक्रेपानी र बेनी नगरपालिका–२ ज्यामरुककोटमा तीन नयाँ बिटीएस टावर सञ्चालनको तयारी भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई