२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार नाकावन्दी लगाउने अन्य खाडी मुलुकबीच सङ्कट समाधानतिर उन्मुख

२०७५, ९ बैशाख आईतवार १६:४२

वैशाख ९, दोहा (रासस/सिन्ह्वा) | अरब क्षेत्रका साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स तथा इजिप्ट र कतारबीच केही समयदेखि जारी कुटनीतिक सङ्कटको समाधान गर्ने बिषयमा तयार रहेको कतारले दोहोराएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

कतारको विदेश मन्त्रालयका प्रवक्ता लुल्लाह अल–खतेरले साउदी अरबमा भएको ‘गल्फ शिल्ड जोइन्ट एक्सरसाइज–१’ मा सहभागी हुने क्रममा यही जमघट नै खाडी मुलुकबीचको समस्या समाधान गर्ने नयाँ मौका बन्ने बताउनुभएको कतारको एआई–शार्क नामक समाचारपत्रले जनाएको छ । 

अल हतेरलाई उद्धृत गर्दै उक्त सञ्चारमाध्यमले लेखेको छ, अहिलेसम्म चाहिने तहसम्मको कुनै समाधान देखेका छैनौँ तर रक्षा मन्त्रालयले कतारी सैन्य वार्ता समूहको साउदी अरबमा उपस्थित टोलीले संयुक्त अभ्यासमा सहभागिता हुने घोषणा गरेको छ । 

अल खतेरले भन्नुभयो, “आगामी दिनमा खाडी मुलुकहरूले कस्तो प्रतिक्रिया जनाउने छन् अहिल्यै अनुमान गर्न सकिन्न ।” 

गत बिहीबार कतारको सैनाले गल्फ शिल्ड जोइन्ट एक्सरसाइज–१ मा आफ्नो सेना गत मार्च २१ गतेदेखि अप्रिल १६ सम्म सहभागिता जनाएको घोषणा गरेको थियो । 

सन् २०१७ को जुनमा साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स र इजिप्टले कतारसँगको कुटनीतिक सम्बन्ध, हवाई, सामुद्रिक तथा स्थल सम्पर्क तोडेको घोषणा गरेका थिए । 

कतारले आतङ्कवादलाई सघाएको तथा अरब समुदायको हित विपरित इरानसँग निकट बनेको लगायतका आरोप लगाउँदै उक्त निर्णय गरेका थिए । 

तर अरबमुलुकहरूले लगाएको उक्त आरोपको कतारले निरन्तर खण्डन गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै