२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा एक्कासी बेहोस भएकी एक महिला अस्पताल नपुर्याउदै मृत्यु

१० बैशाख २०७५, सोमबार ०६:०२

टेकबहादुर शाही/बैशाख १० डोल्पा | ठुली भेरी नगरपालीकाकि एक महिलाको एक्कासी बेहोस भएर र्मत्यु भएको छ । वडा नं ८ डाँगीबाडाकी बर्ष ३८ की धना डागीको बिहान ११ बजे एक्कासी बेहोस भएर जिल्ला अस्पताल डोल्पामा ल्याउदै गर्दा बाटोमै मृत्यु भएको  भएको छ । 

मृतक धना डागी बिहान भरी वारिमा आलु गोडेर दिउसो गोठको मल निकाल्दै गर्दा एक्कासी बेहोस भएर लडेको धनाका श्रीमान लाल चन्द्र डाँगीले बताए । उनले भने बिरामै खासै कुनै पनि थिएन काम गर्दै गर्दा बेहोस भएर लडिन उपचारको लागि जिल्ला अस्पताल लगेर डक्टरलाइ देखाउदा अस्पातलले मृत भएको घोषणा गर्यो । 

धनाको शरिरका केहि अंगमा समस्या भएको र मुटुको समस्याले उनको बेहोस भएकै अबस्थामा मृत्यू भएको डक्टर लक्ष्मण नेपालले बताए । बेहोस अबस्थामा अस्पतालको आपतकालिन कक्षमा पुर्याउदा उनको मृत्यु भै सकेको जिल्ला अस्पताल डोल्पाले जानकारि दिएको छ । 

एक्कासि बेहोस भएको अवस्थामा ७० प्रतिशत मानिसको मृत्यू हुने र अन्य ३० प्रतिशतको अन्य कुनै कारणले मृत्यू हुने जिल्ला अष्पतालका डा लक्ष्मण नेपालले जानकारी दिए । उनले भने यस्तो अवस्थमा चाल सम्बन्धि गडबड,ग्रन्थि सम्बन्धि समस्या,रक्त नलीमा समस्या,दिमागले काम नगरे पछी मृत्यु हने बताए ।

पछिल्लो समयमा एक्कासि मृत्यू हुने रोगको समस्याहरु डोल्पा जिल्लामा बढ्दै गएको डक्टर नेपाले बताए । उनले भने मानिसको जिवन यापन परिवर्तन, शारिरीक ब्यामको कमि र सरुवा रोगहरु भित्रिदै गरेको कारण पनि डोल्पामा यस्तो रोग बढ्दो क्रममा रहेको दावी गरे । पछिल्लो ३ महिनामा ३ जनाको एक्कासि मृत्यू हुने रोगबाट ज्यान गएको जिल्ला अस्पताले जानकारि दिएको छ । 

कम पानि पिउनु,तनाव धेरै लिनु,खानपानमा ध्यान नदिनु,शारिरीक ब्यामहरु नगर्नु,बिलाशिताको जिवन यापनमा लुप्त हुनु, चिल्लो पदार्थको मात्रामा प्रयोग बढि गर्नु,मध्यपान तथा धुम्रपान गर्नु नै एक्कासि हुने मृत्यूका प्रमूख कारण भएको चिकित्सकहरु बताउछन । चिकित्सकहरु भन्छन हामी सामान्य ठान्दछौ तर हामीलाइ कुनै पनि तरिकाले एक्कासि हुने रोगले मृत्यूको मुखमा धकेल्न सक्छ त्यसैले होसियार रहन जरुरी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो