Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भक्तपुरमा जुवाखालबाट सातजना पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख १० भक्तपुर | मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारबाट जुवातास खेल्दै गरेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बालकुमारी वन नजिकै तीनतले घरमा डेरा गरी बस्ने ३४ वर्षीय कुमार कार्कीले दैनिक जुवातास खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले छापामारी कार्कीसहित जुवातास खेल्दै गरेका सातजनालाई पक्राउ गरेको हो ।

जुवातास खेल्दै गर्दा १३ थान तास, रु ७२ हजार ३०० नगद, ४०० भारु, तीन अमेरिकी डलरसहित उनीहरुलाई पक्राऊ गरेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी निरीक्षक मदन केसीले जानकारी दिनुभयो । रासस