१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

काँग्रेसले युगपुरुषलाई ६ बर्षमै भुल्यो

७ चैत्र २०७२, आईतवार १०:५८

Girija-koirala.jpgपर्वत,  नेपाली काँग्रेसले आफ्नो पार्टीका लोकतान्त्रि आन्दोलनका महानायक गिरिजाप्रसाद कोइरालालाई ६ बर्ष नवित्तै भुलेको छ  ।

कोइरालको छैठौं स्मृति दिवस भएपनि पर्वत काँग्रेसले कुनै औपचारिक तथा अनौपचारिक कार्यक्रमको आयोजना गरेको छैन । उनको ८६ बर्षको उमेरमा २०६६ साल चैत ७ गते निधन भएको थियो ।

कोइराला परिवारको नेकामा भएको बर्चस्व १३ औं महाधिवेशनको अबधीमा भएको सुशिल कोइरालको निधनसँगै अन्त्य भएको जस्तो देखिएको छ ।

effefe43f

जसका कारण पनि कोइरालाको योगदान र कदरको मुल्याङकन गरी नेका पर्वतले एक दिनपनि कोइरालालाई सम्झेर पुष्पा अर्पण गर्न सकेन । पार्टीभित्र कोइराला परिवार र कोइरालाले गरेको योगदानको नेकाले १३ औ अधिवेशन सकिएसँगै उनीहरुको योगदानलाई तिलाञ्जली दिएको छ ।

देशभरी पनि विभिन्न ठाउमा विभिन्न संगठनको आयोजनामा  कोइरालाको सम्झना गरिएको बताइता पनि त्यो भने हुन सकेको देखिएन । स्वर्गिय कोईरालालाई काँग्रेसका मात्रै नेता नमानी सिंङो मुलुककै महानायक, युगपुरुष आदी नामले चिनाउने गरिन्छ । तर अन्य दल तथा सरकारको तर्फबाट उनको संझनाका कुनै कार्यक्रम आयोजना नहुनुलाई अस्वभाविक मानिएको त छ नै, आफ्नै पार्टीले समेत नसंझनु गैरजिम्मेवारपनका रुपमा लिईएको छ ।

12884545_1007744432613998_1594410003_n

उनको संझनामा पार्टीले औपचारिक रुपमा कुनै कार्यक्रम नगर्दा आम कार्यकर्ताहरुले पनि हिनतावोध गरेका छन् ।  उनको सार्थक पहलमा नै सशस्त्र संघर्षमा रहेको एकिकृत नेकपा माओवादी शान्ति प्रक्रियामा सहभागि भई निर्वाचनमा गएको थियो ।

उनकै नेतृत्वमा माओवादी र सात राजनीतिक दलहरुबीच २०६३ मंसिर ५ गते १२ बुँदे समझदारी भएको थियो।  २००३ सालमा विराटनगरमा भएको मजदुर आन्दोलनपछि उनी राजनितिमा लागेका हुन् । उनी २०४८ साल जेठ १२ गते नेपालको निर्वा्िचत प्रधानमन्त्री बनेका थिए भने २०५३ सालमा सम्पन्न नवौं महाधिवेशनबाट पहिलोपटक नेपाली कांग्रेसको सभापति चयन भएका थिए ।

२०५७ सालमा उनी दोस्रोपटक पार्टी सभापति चयन भएका थिए । उनकै नेतृत्वमा मुलुकमा २०६२÷६३ मा ऐतिहासिक जनआन्दोलन भएको थियो । जनआन्दोलनपछि राष्ट्रप्रमुख र सरकारप्रमुख दुवैको कार्यभार सम्हाल्ने मौका पाउने उनी एक मात्र नेपाली नागरिक हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु