प्रभात सुवेदी । बैशाख १०, बर्दिया ।
मुलुकको कूल ग्रार्हस्थ उत्पादन (जिडिपी) को ११ प्रतिशत क्षतिको कारण कुपोषण रहेको आज गुलरियामा आयोजित एक अन्तरक्रिया कार्यक्रमा बताइएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । बैशाख १०, बर्दिया ।
मुलुकको कूल ग्रार्हस्थ उत्पादन (जिडिपी) को ११ प्रतिशत क्षतिको कारण कुपोषण रहेको आज गुलरियामा आयोजित एक अन्तरक्रिया कार्यक्रमा बताइएको छ ।

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

११ प्रतिशत जिडिपी क्षतिको कारण : कुपोषण

२०७५, १० बैशाख सोमबार १२:२३

प्रभात सुवेदी । बैशाख १०, बर्दिया ।
मुलुकको कूल ग्रार्हस्थ उत्पादन (जिडिपी) को ११ प्रतिशत क्षतिको कारण कुपोषण रहेको आज गुलरियामा आयोजित एक अन्तरक्रिया कार्यक्रमा बताइएको छ ।


बहुक्षेत्रीय पोषण योजना अन्तर्गत दोस्रो चरणको कार्यक्रम लागू पूर्व जिल्लामा यसको कार्यान्वयनका लागि सहजीकरण, अनुगमन सम्बन्धी जिल्लास्थित सञ्चारकर्मीहरुका लगि आयोजित अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताइएको हो ।
बहुक्षेत्रीय पोषण कार्यक्रम २०७५/०७६–२०७९/०८० अन्तर्गतका विभिन्न कार्यक्रमहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न र तत्सम्बन्धी सञ्चालन गरिएका अन्य कार्यक्रमहरुको प्रभावकारी रुपमा अनुगमन गर्दै कुपोषणलाई क्रमिक रुपमा न्यूनीकरण गर्दैै लैजानका लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने 'पोषणका लागि हातेमालो कार्यक्रम' का सिताराम रिमालले बताउनुभयो । वहाँले उपस्थित सञ्चारकर्मीहरुका लागि पोषण, कुपोषण, अधिकपोषणका साथै पोषणको कमी तथा यसका तत्कालीन र दीर्घकालीन असरहरुका बारेमा बताउनुहुँदै बालकको गर्भावस्थादेखि २ वर्षभित्र ८० प्रतिशत मानसिक (मस्तिष्क) को विकास भैसक्ने र ५ वर्षभित्र १० प्रतिशत र बाँकी पाँच वर्षपछि हुने भएकोले बाल्यअवस्थामा नै कुपोषित बालबालिकाहरु नै पछि गएर दीर्घ रोगको शिकार हुने हुँदा गर्भावस्थादेखि सुनौला हजार दिनसम्म बालबालिकाहरुको पोषण तथा खाद्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । मुलुकको गरिबीको २८ प्रतिशत कारण कुपोषण भएको तथ्य रहेकोले गर्दा ५ वर्षमुनीका बालबालिकाको मृत्युदर ३९ प्रतिशत रहेको बताउनुहँदै पोषणलाई स्वास्थ्यको विषय मात्रै भनेर नबुझ्न र समग्र जीवनशैलीका रुपमा बुझ्न र बुझाउन सञ्चारकर्मीहरुसँग अनुरोध गर्नुभएको थियो ।
बहुक्षेत्रीय पोषण योजना : दोस्रो कार्यक्रम स्थानीय निकायहरुबाट नै सञ्चालन गरिने भएकोले अब स्थानीय निकायले गर्ने विकासे कामहरुका साथसाथै आगामी दिनमा यस प्रकारका विषयहरुलाई पनि संवेदनशील रुपमा हेरिनुपर्ने र स्थानीय निकायहरुबाट यो कार्यक्रमलाई सफल पार्नका लगि योजना तय गरेर प्रतिवद्धता जनाइसकेको हुँदा सञ्चार माध्यमहरुको अनुगमन तथा प्रभावकारिताको सवालमा विशेष निगरानी गरिदिनका लागि आग्रह गर्नुभएको थियो ।


कार्यक्रममा जिल्ला समन्वय समितिका समन्वय अधिकारी विश्वामित्र कुईकेलले स्थानीय निकायमा कार्यक्रम तर्जुमाका चरणहरुका सन्दर्भमा प्रष्ट पार्नुभएको थियो । यसका साथै कार्यक्रमको प्रभावकारी कार्यान्वयन, भूमिका तथा रणनीतिका सवालमा पनि छलफल गरिएको थियो ।
कार्यक्रमको सहजीकरण जिसस का कार्यक्रम अधिकृत पार्वती पण्डितले गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला