2026-09-19 01:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

स्थानिय विकास अधिकारीले दुर्व्यवहार गरेको भन्दै ज्ञापनपत्र पेश

कमला राना | बैशाख १०, नवलपरासी | थारु कल्याण कारिणी सभा नवलपरासीले हिजो प्रदेशको स्थायी राजधानी र प्रदेशको नामाकरणको विषयमा गरेको छलफलमा स्थानीय विकास अधिकारी विजयराज पौडेलले थारु कल्याणकारिणी सभा नवलपरासीका सभापति गणेशमान महतोलाई द्रूव्यवहार गरेको भन्दै आज प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र पेश गरेको छ ।

अबको दिनमा यस्तो घटना नदोहोर्याउन सचेत गराउंदै र स्थानीय विकास अधिकारी पौडेलले सार्वजनिक रुपमा माफी माग्नु पर्ने माग गर्दै उनीहरुले प्रमुख जिल्ला अधिकारी सम्भुप्रसाद मरासिनीलाई आज ज्ञापन पत्र बुझाएको हो ।

उनीहरुले जिल्ला प्रशासन कार्यालय कावासोती अगाडि ज्ञापन पत्र बुझाएपछि कोण सभा समेत गरेका थिए ।

ज्ञापन पत्र बुझनुहुदै प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासीनिले जिम्मेवार तहमा बसेको व्यतिmबाट यस्तो कार्य भएकोमा दु:ख व्यक्त गर्नुहुदै यस बारेमा जिल्ला समन्वय समीतिका प्रमुख चेसराम आले संग छलफल गर्ने बताउनुभयो ।

यसैगरी नवलपुर क्षेत्रमा बाहुल्यता रहेको थारु समुदायको मागलाइ सम्बोधन गर्ने साथै नवलपरासी बर्दघाट सुस्ता पुर्वमा रहेको हरेक सरकारी निकायका कार्यक्रमहरुमा थारु समुदायलाइ सहभागि गराउन आफु मातहतका निकायलाइ निर्देशन दिने समेत प्रमुख जिल्ला अधिकारी मरासीनिले प्रतिवद्धता जनाउनुभयो ।

यता स्थानीय विकास अधिकारी विजय पौडेलले भने आफूले नियतवश अपमान गर्ने ढंगले व्यवहार नगरेको र आफूले सबैलाई छोट्याउन आग्रह गर्ने क्रममा पनि उहांको माइक लिएर छोट्याउन आग्रह गरेर पुन माइक दिएको बताउनुभयो ।

उहांले आफूले सबैजातजातिलाई समान व्यवहार गर्ने भएकोले नियतबश त्यस्तो नगरेको बताउनुभयो ।

यही बैशाख ९ गते हीजो आइतबार कावासोतिमा प्रदेश नम्बर ४ को राजधानि बनाउने स्थान र नामांकरण सुझाव संकलनको क्रममा सो विवाद भएको थियो ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो