३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा घुस रकमसहित सहायक प्रबन्धक पक्राउ

१० बैशाख २०७५, सोमबार १६:४१

वैशाख १०, बर्दिवास (रासस) | महोत्तरी बर्दिवासस्थित राष्ट्रिय वाणिज्य बैंक शाखामा कार्यरत सहायक प्रबन्धक जगदिशप्रसाद काफ्लेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित आज पक्राउ गरेको छ । 

आयोगको बर्दिवासस्थित कार्यालयको टोलीले सेवाग्राहीसँग लिएको रु ५० हजार घुस रकमसहित उनलाई पक्राउ गरेको हो । 

बर्दिवास–९ स्थित रञ्जना गाई फार्मलाई युवा स्वरोजगार कार्यक्रममार्फत रु १० लाख ऋण दिइने भन्दै काफ्लेले सो को पाँच प्रतिशत रकम घुसवापत लिएको सो कार्यालयले जनाएको छ । 

काफ्लेलाई हिरासतमा राखी थप अनुसन्धान थालिएको कार्यालयका प्रहरी नायब उपरीक्षक ठाकुर पोखरेलले जानकारी दिनुभयो । 

यसअघि काफ्ले बैंकका सेवाग्राहीको खाताबाट नक्कली चेक बनाई विभिन्न शाखाबाट रु ४० लाख निकालेको आरोपमासमेत पक्राउ परेका थिए । 

बैंकिङ कसुर गरेको अभियोगमा काफ्लेसहित शाखाका अन्य कार्मचारीहरूमाथि त्यतिखेर दायर भएको मुद्दा अहिलेपनि जिल्ला अदालत महोत्तरीमा विचाराधिन छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली