<p><b>वैशाख ११ बनेपा |</b> बनेपा नगरपालिका–८ नेपाल विद्युत् प्राधिकरण चोक नजिकैको पोखरीमा आज बिहान एक शव फेला परेको छ । <br></p><p>इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहका अनुसार बनेपा नगरपालिका–१ राय गाउँका अन्दाजी ४०÷४५ वर्षीय धनबहादुर मिजारको पोखरीमा डुबिरहेको अवस्थामा शव फेला परेको हो । शव परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ । रासस</p>
April 24, 2018
काभ्रेपलान्चोक - KVP, समाज
बनेपामा पोखरीमा डुबिरहेको अवस्थामा शव फेला
By kit
1 मिनेट पढाइ










