ग्राहकले किनेको चिनीमा रसायनिक पदार्थ यूरिय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ग्राहकले किनेको चिनीमा रसायनिक पदार्थ यूरिय"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा ल्याब परिक्षणका लागि चिनीको सेम्पल लिइयो

११ बैशाख २०७५, मंगलवार ०७:०७

चिसाङ शेर्पा/बैशाख ११ खोटाङ | दिक्तेलका पाण्डे भेराईटिजबाट ७ बट्टा चिनी ल्याब परिक्षणका लागि सेम्पल निकालिएको छ ।


ग्राहकले किनेको चिनीमा रसायनिक पदार्थ यूरिया मल मिसावट भएको भेटिएपछि जिल्ला प्रशासन, उधोग वाणिज्य संघ, सुरक्षा निकाय तथा सञ्चारकर्मीको रोहवरमा सञ्चालक पाण्डेको पसल र ट्रकबाट दोश्रोपल्ट ल्याब परिक्षण गर्न चिनीको सेम्पल निकालिएको हो ।


गत चैत्र ३० गते ग्राहकले किनेको चिनीमा यूरिया मल भेटिएपछि पशल सिलबन्दी गरी प्रारम्भिक नमूना परिक्षणले मात्र पर्याप्त नभएकाले मंगलबार सिलबन्दी खोलेर खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रयोगशाला ल्याब परिक्षणमा पठाउन दिक्तेल सल्लेरी टोलका सञ्चालक मकेश्वर पाण्डेको पसलको पहिलो तल्ला चिनी बिक्री कक्षबाट ५ सय ग्रामको ३ बट्टा, गोदाममा प्याकिङ गरेको बोराबाट ५ सय ग्रामको १ बट्टा र ना ५ ख ७१३० ट्रकबाट ३ सय ग्रामको ३ बट्टा चिनी निकालिएको हो । 

प्रारम्भिक छानबिनको नमूना र दोश्रोपल्टको नमूना सेम्पल खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रयोगशालाको अन्तिम परिक्षण प्रतिबेदन, साक्षीहरुको बयान, किन्ने ग्राहकको उजुरीको आधारमा सञ्चालक बिरुद्ध फैसला हुने प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए । 

तत्काल प्रहरीले अनुसन्धान टुङग्याईसकेपछि सरकारी वकिलमा पठाउँछ । उहाँले भन्नुभयो “सरकारी वकिलले अभियोग पत्र तयार गरेर जिल्ला प्रशासनमा कागजपत्र पठाएपछि मुद्धा दायर हुन्छ ।”  

दोश्रोपल्ट ल्याब परिक्षणका लागि चिनी लिएपछि पसल र ट्रकको सिलबन्दी खुल्ला गरिएको छ । पसलमा उत्पादन नहुने, तयारी सामग्री विक्री गर्ने र नेपाल सरकारले तोकेको कानुन अनुसार दर्तागरी व्यवसाय सञ्चालन गरेकाले रोकिराख्न नपर्ने भएकाले सिलबन्दी खुल्ला गरिएको प्रजिअ अधिकारीले जानकारी दिए ।

ट्रकमा राखिएको साँढे तीन बोरा चिनी नष्ट गर्न सञ्चालक पाण्डेलाई निर्देशन दिईएको छ । पाण्डे भेराईटिजका सञ्चालक यसअघि पनि विधुत चोरी लगायतका विभिन्न काण्डमा मुछिएको बुझिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो