२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हुण्डीवालाहरुको पूर्वी नेपालतिर कनेक्सन, यसरी आउन थाल्यो हुण्डीको पैसा

२०७५, ११ बैशाख मंगलवार ०८:४०

वैशाख ११, काठमाडौँ | पछिल्लो समय हुण्डीको कारोवार गर्नेहरुको गिरोह पूर्वी नेपालतिर सल्बलाउन थालेको पाइएको छ । विदेशबाट पैसा पठाउनेहरुले सम्बन्धित देशका हुण्डी कारोवारी गर्नेलाई भेटेर नेपाल पैसा पठाउने र त्यसलाई पुर्वतिरका सहकारी, मनि ट्रान्सफर कम्पनी तथा रेमिट्यान्स कार्यालय मार्फत देशका बिभिन्न ठाउँमा भएका व्यक्तिसम्म पुर्याउने गरिएको पाइएको छ । 

पछिल्लो समय मोरङ, सुनसरी लगायत पुर्वको जिल्लाहरुबाट विदेशबाट पठाउने रकम आउन थालेका छन् । पुर्वका जिल्लाहरुमा रहेका रेमिट्यान्स कारोवार गर्ने संस्थाहरुबाट हुण्डी गिरोहले सक्रियताका साथ आफ्नो धन्दा चलाईरहेको बुझिएको छ । ति स्थानहरुमा अस्थाई कार्यालयहरु खोलेर हुण्डीवालाहरुले कारोवार गर्दै आएको खबर प्राप्त भएको छ । 

यसरी हुण्डीको कारोवार गर्नेहरुले भारतको सिम प्रयोग गरेर बिभिन्न ठेकेदार कम्पनी, नेपालका व्यापारी, राजनीतिक आड, भारतीय नागरिकहरुको समेत संलग्नता तथा व्यक्तिगत लगानीमा विदेशमा रहेका हुण्डी कारोवार गर्नेसँग मिलेर काम गर्दै आएका छन् । नेपालबाट भारतमा हुने आर्थिक कारोवारको अव्यवस्थित रुपनै हुण्डीवालाहरुको लागि भएको सबैभन्दा ठूलो सहजता हो । हुण्डी व्यवसाय गैर कानुनी भएता पनि नेपाल सरकारले कडाई गर्न नसक्दा वा नचाहँदा यसको बिगबिगी अझै नियन्त्रणमा आउन सकेको छैन । 

पछिल्लो समय विदेशबाट पठाइएको पैसा सिधा विदेशबाट नभई मोरङ, सुनसरी लगायत भन्सार कार्यालय भएका नेपालकै बिभिन्न स्थानबाट आउनु हुण्डीवालाहरुको नयाँ कार्याशैली भएको छ । 

एउटा उदाहरण :- 

हुण्डी कारोवारको नयाँ तरिकालाई पछ्याउने क्रममा साझा सबाल मिडियाले एउटा गतिलो प्रमाण फेला पारेको छ । यस्ता प्रमाण विदेशबाट पैसा पठाउने कयौंसँग छ । तलको रशिद धरान स्थित न्यु जनकल्याण मनि ट्रान्सफरले काठमाडौँमा पैसा पठाएको प्रमाण हो । तर धरानबाट जो पैसा पठाउने व्यक्ति हो, त्यो मानिस मलेसियामा छ । यसको मतलव यो हुण्डी कारोवार गर्नेको पैसा पठाउने नयाँ तरिका हो । विदेशमा भएको व्यक्तिले नेपालको धरानबाट कसरी पैसा पठाउन सक्छ ? यो कुरा आफैमा अबैधानिक छ, अर्को कुरा मलेसियामा भएको व्यक्तिको नाम उल्लेख गरि धरानबाट पैसा पठाउन कसरी सम्भव छ ? यस प्रश्नलाई धरान स्थित जनकल्याण मनि ट्रान्सफरलाई सोध्दा जवाफ आयो – 'हामीले सेन्डरको आइडी राख्दैनौं, पैसा पठाउने मान्छे आउनुहुन्छ पठाउनु हुन्छ ।' सेन्डरको फोन नम्बर लेख्नुपर्ने ठाउँमा चाही किन तपाइको कम्पनीकै फोन नम्बर राखेको नि ? भन्ने साझा सबाल अनलाइनको प्रश्नमा जवाफ छ -'पठाउनेले तपाईकै नम्बर राख्दिनु न भन्छ, त्यसैले हाम्रो नम्बर राखेको ।' मनि ट्रान्सफरसँगको वार्तालापबाटै के थाहा हुन्छ भने उसको पनि हुण्डी कारोवारसँग मिलिमतो छ । पठाउने व्यक्तिको फोन नम्बर लेख्नुपर्ने ठाउँमा आफ्नो फोन नम्बर राख्नु, पठाउनेको कुनै आइडी नमाग्नु, विदेशमा भएको मानिसको नामबाट पैसा पठाइनु अबैधानिक कारोवारको प्रमाण हो । 

यसरी पैसा पठाउँदा हुण्डी कारोवारवालाले मलेसियाका एक जना नेपालीले पठाएको पैसालाई धरान हुँदै काठमाडौँसम्म पठाएको पाइएको छ । त्यसरी पैसा पठाउँदा पठाउने व्यक्तिको नाम नै उल्लेख छ जो मलेसियामा छन् । साथै पठाउने व्यक्तिको फोन नम्बर समेत न्यु जनकल्याण मनि ट्रान्सफरकै छ । छुट्टा छुट्टै मितिमा आएको तलको दुई रसिदमा (विदेशबाट पठाउने तथा नेपालमा पाउनेको नाम गोप्य) राखिएको छ । 

यसरी बिभिन्न मनि ट्रान्सफरको प्रयोग गरि हुण्डीको कारोवारलाई निरन्तरता दिने गरिएको अवस्थामा पैसा पाउने व्यक्तिलाई तलको जस्तो रसिद दिएर 'कहाँबाट आएको भनेर सोध्यो भने फलानो देशबाट नभन्नु है' भनेर सिकाउने गरिएको छ ।

 

नेपालका बिभिन्न रेमिट्यान्स कम्पनी तथा मनि ट्रान्सफर कम्पनीले १ लाख भन्दा कम पैसा एक व्यक्तिबाट अर्को व्यक्तिलाई पठाउँदा पठाउने र पाउने व्यक्तिको परिचयलाई त्यति ध्यान दिएको पाईएको छैन त्यसो त राष्ट्र बैंकले समेत थोरै पैसाको आवत-जावतलाई त्यति ध्यान नदिँदा त्यसैलाई टेकेर हुण्डीवालाहरुलाई कारोवारमा सहज भएको छ । माथिको बिषयमा राष्ट्र बैंकले प्रमाण भए कारवाही हुने जनाएको छ । त्यस्तै प्रभु मनि ट्रान्सफरले समेत यस्ता बिषयको छानविन र अनुगमन गर्ने गरिएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । यसरी अवैध कारोवार गर्नेले कुनै एक मनि ट्रान्सफरको बाटो मात्र नभई नेपालका अन्य मनि ट्रान्सफर कम्पनीको बाटो हुँदै विदेशबाट हुण्डी मार्फत आएको पैसा सम्बन्धित व्यक्तिसम्म पुर्याउने गरेको पाईएको छ ।

हुण्डीवालाहरुले काठमाडौँमै हुण्डी मार्फत आएको पैसा पनि आजकाल सम्बन्धित व्यक्तिलाई कतै नबोलाई मनिट्रान्सफरको माध्यमबाट फलानो मनि ट्रान्सफरबाट झिक्नु भनि पठाउने गरिन्छ । काठमाडौँमा हुने हुण्डीवालाहरुले कुनै देशबाट ठूलो रकम पठाइएको छ भने पाउने व्यक्तिलाई न्युरोड वा काठमाडौँको गल्लि-गल्लि घुमाई आफू सुरक्षित छु भन्ने बुझेर मात्र पैसा दिने गरेका छन् । कारोवार संचालकहरुको ठूलो व्यापारीसँग राम्रै कनेक्सन रहेको पाइएको छ । 

भन्सारको मिलिमतो, फितलो अनुगमन 

नेपाल र भारतमा धेरै कारोबारहरु गैर कानुनी रुपबाट गरिने हुँदा हुण्डीको कारोवारमा नियन्त्रण आउन नसकेको बताइन्छ । त्यसो त कुनै पनि समानको आयात गर्दा सो सामानको बास्तविक मुल्यांकन नगरी कम मुल्यांकन गराई ल्याउने परिपाटीले पनि नेपालको अर्थतन्त्रसँग ठूलो खेलवाड हुने गरेको छ । यसमा सबैभन्दा प्रमुख जिम्मेवार नेपालको भन्सार कार्यालय रहेको देखिन्छ । भन्सारका कर्मचारीहरुले पैसा खाएर कुनै पनि सामानको बास्तविक मूल्याङ्कन अनुसार कर निर्धारण नगरी अर्थात न्युनविजिकरण गरी समान आयात गर्न छुट दिने गरेकाले व्यापारीहरु भन्सार मूल्याङ्कनभित्र आउन नसकेको रकम हुण्डीमार्फत पठाउन बाध्य भएका छन् । ओपन बोर्डर हुँदा नेपालीहरु आफ्नो देशमा सामान नकिनी भारत गएर समान किन्छन जुन समान भन्सारले कडाई नगर्दा हुण्डीको काममा सहजता भएको छ । त्यसो त ठूला व्यवसायमा सरकारी तथा राजनीतिक नेताहरुकै मिलिमतो हुने हुँदा हुण्डी नियन्त्रणमा ध्यान जान सकेको छैन । 

हुण्डी कारोवार कानुन विपरित भएपनि मन्त्रीसम्मको कमाई खाने भाडो, अकुत सम्पतिलाई बैधता दिनेसम्मको बाटो भएका कारण नियन्त्रणमा चुनौती देखिएको छ । भन्सारका कर्मचारी, भन्सार अभिकर्ता, ब्यापारी लगायत अधिकारीहरुलाई विशेष निगरानी गरेर चुस्त-दुरुस्त नीति नियमहरु पालना गराउन सक्ने हो भने हुण्डी कारोवारको नियन्त्रणमा निकै टेवा पुग्ने देखिन्छ, त्यस्तै विदेशमा रहेका नेपालीहरुले पैसा पठाउँदा बैध बाटो अपनाउन चेतना दिँदा पनि यसको नियन्त्रणमा टेवा पुग्ने देखिन्छ । त्यसो त हुण्डीका कारोबार गर्नेहरुको बिबरण सम्बन्धित निकायहरुसँग छ त्यसलाई मात्र ध्यान दिएर कारवाही अभियान थाल्ने हो भने पनि हुण्डी कारोवारीहरु नियन्त्रणमा आउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे