2026-07-25 01:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पाङराङमा भिषण आगोलागी

पर्वत पर्वतको पाङराङ गाविस ४ करेङ सामुदायिक बनमा भीषण आगालागी भएको छ । विहान देखी लागेको आगोले वार्ड नम्बर ४, ५ र ६ को जंगल पुरै सखाप भएको छ । आगो अहिले पनि लागीरहेको छ । कर्नासका ७५ घरका सबै परिवार कस्सिएपनि आगो नियन्त्रण भन्दा वाहिर गएको स्थानीय मीनप्रसाद भट्टराईले जानकारी दिनुभयो । आगो नियन्त्रणमा लिन नसके केहिवेरमा वस्तीमा पस्ने संभवना रहेको भट्टराईले जानकारी दिनुभयो । आगालागीवाट केहि गाईभैसी मरेको अनुमान गरिएको छ तर यसको पुष्टि हुन वाँकि रहेको छ । अहिले वाच्छा प्रहरी चौकीको टोली र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको भट्टराईले बताउनुभयो  । उक्त बनमा साल र सल्लाका वोटहरु रहेका थिए । खेतमा घु¥यान जलाउने क्रममा धाईरोवाट सल्किएको आगो जंगलमा पुगेको बताइएको छ ।

यता बाग्लुङ हरिचौर गाबिसको ३ सामुदायिक बनमा लागेको आगो नियन्त्रणमा आएकोे छ । आईतबार बिहान गगनपानी सामुदायीक बनबाट निस्केको आगो टेउवाका स्थानियबासीको सक्रियतामा आज करिब साढे पाँच बजे नियन्त्रणमा ल्याईएको गल्कोट घुम्टे पयर्टन बिकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले बताए । आगोले बनको करिब ४० हेक्टर क्षेत्रफल नष्ट गरेको छ । आगाले दान्सिन डाँडा सामुदायिक बनको पनि सबैभाग जलेर नष्ट भएको छ भने घुम्टे सामुदायीक बन र लाम्डारा सामुदायिक बनको सिमानामा पनि सामान्य क्षति पुगको गल्कोट घुम्टे पर्यटन बिकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले बताए ।

बस्नेतका अनुसार टेउवाका करिब २२, २५ जनाको समुहले टेउवा देखि अग्नी रेखा बनाउदै मल्मको ढुङगाखानी सम्म पैmलिएको थियो । आगोले हरिचौर ४ र ७ का उपभोक्ताहरुको सबै बन पुर्ण रुपमा जलेर नष्ट भएको छ । आगोले निभाउने क्रममा अमर पुन, दिपक थापा, घुम्टे सामुदायिक बनका उपाध्यक्ष सुर्ज बहादुर थापा लगायतका ब्यक्तिहरु सामान्य घाईते भएका छन । आगो निभाउनका लागी हरिचौर टेउवाका स्थानिय उपभोत्ताहरु सक्रिय देखिए पनि लाम्डाडा सामुदायिक बन उपभोक्ता समिति मल्मका उपभोक्ताहरु पनि देखा नपरेको बस्नेतको भनाई छ । हामी जम्मा २०, २५ जनाले हिजो देखिनै सक्रिय भएर आगो निभाउन तर्फ लाग्यौ तर मल्मका उपभोक्ता भने आफनो बनमा जाँदा सम्म देखा परेनन बस्नेतको गुनासो थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक