Skip to content
Friday, July 17, 2026 Nepali Online Media

महोत्तरीको एक कार्यालयमा वर्षौंदेखि गाडी थन्किए

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

वैशाख ११ गौशाला | महोत्तरीको जलेश्वर नगरपालिकास्थित भूमिगत जलस्रोत विकास समिति शाखा कार्यालयमा वर्षौंदेखि गाडी थन्किएका छन् ।

महोत्तरी, धनुषा, सर्लाही र सिन्धुलीको संयुक्त उक्त कार्यालयको परिसरमा ती गाडी थन्किएका हुन् । सो कार्यालय परिसरभित्र करीब चार बिगाहा क्षेत्रफलमा तीनवटा रिङ मेशिन, एउटा पानी ट्याङ्कर, तीनवटा जिप, तीनवटा ट्र्याक्टर, चारवटा ट्र्याक्टरका टेलर, दुईवटा ट्रक र एउटा ठूलो जेनेरेटर तथा दर्जनभन्दा बढी पम्पलगायत मेशिन बेवारिसे अवस्थामा छन् ।

चारवटै जिल्लामा स्यालो ट्यूबवेल, डिप ट्यूबवेल जडान, इनार निर्माण र पम्प हाउस तथा पानी वितरणका लागि प्रयोग गरिने लाखौँ मूल्यका गाडी प्रयोगविहीन अवस्थामा छन् । कुनैबेला सो कार्यालयले आफँै सिँचाइ सुविधाका लागि सम्पूर्ण काम गर्दा ती गाडी तथा मेशिन प्रयोग गर्ने गरेका थिए । पछिल्लो समय ती कार्यालयका काम ठेक्का र बोलपत्रमार्फत हुन थालेपछि चालू अवस्थामै रहेका गाडी र मेशिन थन्क्याइएको हो ।

गाडी र मेशिनमा खिया लागेको छ । थन्क्याइएका गाडी र मेशिनलाई कबाडीमै बेचे पनि रु ५० लाखभन्दा बढी राजश्व संकलन हुने देखिन्छ । सो कार्यालयका इन्जिनियर गोपालप्रसाद साहले गाडी तथा मेशिन लिलामी प्रक्रियाका लागि विभागमा पत्र पठाइसकेको बताउनुभयो ।

कार्यालय प्रमुख राजेन्द्र न्यौपानेले लिलामीका लागि पटक पटक पत्राचार गरेपनि वर्षौंदेखि लिलाम हुन नसकेको बताउनुभयो । रासस