पर्वत । नेपालको एक मात्र पार्वती मन्दिरमा फागु पूर्णिमाको अबसर पारी गोरखनाथको मुर्ती पदस्थापना गरीएको छ । जिल्लाको बाजुङ गाविसको पातिचौरमा रहेको उक्त मन्दीरमा शिक्षक जनराज पोख्रेल, सिद्धि महर्जन र राजेन्द्र पोख्रेलले संयुक्त रुपमा उक्त मुत्र्ति मन्दिरको लागि सहयोग गरेका थिए ।
मृगस्थली काठमाडौका नाथ योगी प्रेमनाथको प्रमुख आथित्यता उक्त मुत्र्ति स्थापना गरीएको थियो भने कार्यक्रममा मन्त्रसाधना गर्नुका साथै हवन समेत गरीएको थियो । जिल्लाका सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिको समेत सहभागीता रहेको थियो । उक्त पदास्थपनाको अबसरमा बोल्दै शिक्षक पोख्रेलले धर्मको रक्षा गर्नको लागि आफुले सहयोग गरेको बताए ।