2026-07-25 01:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

निशुल्क आँखा शिविरबाट २ सय जना लाभान्वीत

 चैत्र ११पर्वत, जिल्लाको कुश्मा नगरपालिकाको खुर्कोटमा गरीएको निशुल्क आँखा शिविरबाट २ सय भन्दा बढी लाभान्वीत भएका छन् ।      लायन्स क्लब अफ शिवालय र लायन्स क्लब अफ  कुश्मा सिटिको संयुक्त आयोजनामा संचालन गरीएको उक्त शिविरबाट २ सय भन्दा बढीले सेवा लिएका लायन्स क्लबले जनाएको छ । खुर्कोटको हिमालय उच्च माविमा संचालन गरेको निशुल्क आँखा शिविरमा भएको थियो । लायन्स क्लब अफ शिवालयका लायन्स  निर्मल विश्वकर्माको अध्यक्षतामा शुरु भएको उक्त कार्यक्रमको स्वागत लायन्स क्लब अफ  कुश्मा सिटिकी अजिता शर्माले गरेकी थिइन् ।

उक्त क्षेत्रमा लायन्सले निशुल्क आँखा शिविर संचालन गरी आँखाका   रोगीलाई ठूलो गुन लगाएको हिमालय उमाविका विव्यसका अध्यक्ष जगनाथ रेग्मीले बताए । शिविरमा मोतीया विन्द् लागेका रोगीलाई यहि १४ र १५ गते जिल्ला अस्पातलमा उपचार गरिने समेत आयोजकले जनाएको छ । भने शिविरमा निशूल्क रुपमा औषधी समेत वितरण गरीएको थियो ।  यहि १२ गते लायन्स क्लब अफ शिवालयले जिल्लाको ठूलीपोखरी ,१३ गते लायन्स मोदीकालीको आयोजनामा  क्याङगाविसमा समेत निशुल्क आँखा शिविर संचालन गर्ने जनाएको छ ।भने १४ र १५ गते जिल्ला अस्पातलमा निशुल्क आँखा शिविर हुने लायन्स शिवालयका अध्यक्ष निर्मल विश्वकर्माले जानकारी      दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ