२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

युवाहरुको मन आर्थिक रुपमा विपन्न र स्कुले बालबालिकामाथि

११ चैत्र २०७२, बिहीबार १०:००

पर्वत, जिल्लामा पाँच बर्ष पहिले संगठानात्मक रुपमा संगठित भएर जिल्लामा परोपकारी काम गर्दै आइरहेको रोट¥याक्ट क्लब अफ पर्वतले आफ्नो भर्खरैमात्रै स्थापना दिवस मनाएको छ स्थापना दिवसको अबसरमा जिल्लामा विभिन्न क्षेत्रमा आफ्नो सेवा प्रदान ग¥यो । त्यतिले मात्रै उनीहरुको सेवाभावलाई समिति राख्न सकेन जसका कारण पनि विहिबार उनीहरुको मन फेरि आर्थिक रुपमा विपन्न दलित तथा एक महिला र स्कुले बालबालिकामाथि गयो । विहिबार एक कार्यक्रमको आयोजना गरी उनीहरुले विपन्न महिलालाई बाख्रा र स्क्ुले बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तण गरे ।होम्स अफ होप नेपालको सहयोगमा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको अािर्थक स्तरोन्नतीका लागि उन्नत जातका बाख्रा वितरण गरेको हो ।

11163745_1276647069017011_6586581379688167519_n

क्लवले दुर्लुङ्गका जुम बहादुर गुरुङ्ग र भिम बहादुर गुरुङ्ग, पकुवाका सीता पौडेल तथा ठुलीपोखरीका पार्वती विश्वकर्मालाई बाख्रा हस्तान्तरण गरेको हो । आर्थिक अवस्थाकै कारण अन्य समस्या आउन नदिनका लागि बाख्रा हस्तान्तरण गरिएको क्लवका अध्यक्ष सन्तोषराज पौडेलले बताए ।  कृषकहरुलाई हस्तान्तरण गरिएका बाख्राबाट प्रत्येक कृषकले एक पाठी क्लवलाई फिर्ता गर्ने तथा क्लवमा फिर्ता गरिएका पाठी अन्य कृषकहरुलाई वितरण गरिने जनाईएको छ । यसैबिच क्लवले बिहिबार नै आर्थिक अवस्था कमजोर भएका दुई छात्रालाई छात्रवृत्ति समेत वितरण गरेको छ । नमुना आवासीय उच्च माध्यमिक विद्यालयमा अध्ययनरत आशा पुन र विपना सुनार लाई क्लवले नगद रु १०÷१० हजारका दरले छात्रवृत्ति वितरण गरेको हो ।

12321364_1276646775683707_5603724000426918633_n

सोही, कार्यक्रममा पञ्चरत्न प्राथमिक विद्यालयका १५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री समेत वितरण गरिएको छ । आर्थरको उक्त विद्यालयमा कक्षा एक देखि पाँचसम्म अध्ययनरत विद्यार्थीलाई झोला, ड्रेस र कपी वितरण गरिएको हो ।  यस्तै प्रगतिशिल आमा समूह ठुलीपोखरीलाई एक थान स्ट्रेचर समेत वितरण गरिएको छ । क्लवले समुहका अध्यक्ष सीता लामिछानेलाई स्टे«चर हस्तान्तरण गरेको हो । कार्यक्रममा प्रमुख अतिथी रोटरियन डा. तुलसी महर्जन र क्लवका अध्यक्ष सन्तोषराज पौडेलले संयुक्त रुपमा सहयोग हस्तान्तरण गरेका थिए । सहयोग हस्तान्तरण पछि बोल्दै प्रमुख अतिथी महर्जनले रोट्रयाक्ट क्लव अफ पर्वतको सहयोगी भावनाको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोगी कार्यको लागि शुभकामना दिएका थिए । सामाजिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा सहयोगको लागि नै रोटरी र रोट्रयाक्ट क्लवको स्थापना गरिएको बताउँदै उनले उद्धेश्य अनुसारको कार्य गर्नका लागि सदा तत्पर रहन आग्रह गरेका थिए ।  कार्यक्रममा रोटरी क्लव अफ पर्वतका पदाधिकारी, रोट्रयाक्ट क्लवका पदाधिकारी, पत्रकार, शिक्षक, विद्यार्थीहरुको उपस्थिती रहेको थियो । क्लवका सदस्य मिना खड्काको स्वागत रहेको कार्यक्रमको सञ्चालन सचिव आरसी पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने