Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ बैसाख १३ गते, अपराह्न ५:०६ बजे खोटाङ्ग - KTG, समाज

खोटाङको २ गाउँपालिकामा अझै पुगेनन्इ न्जिनियर, भूकम्पपीडित अन्योलमा

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

वैशाख १३ खोटाङ | दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङको दुई गाउँपालिकामा अझै इन्जिनियर आएका छैनन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिका र दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिकामा अहिलेसम्म पनि इन्जिनियर नआएका हुन् ।

दुई गाउँपालिकामा अहिलेसम्म इन्जिनियर नआएपछि पुनःनिर्माणका लागि नक्सा र प्राविधिक सल्लाह नपाउँदा भूकम्पपीडित अन्योलमा परेका छन् । जिल्लाका केही पीडितले भने बिना नक्सा र प्राविधिक सल्लाहमा घर पुनःनिर्माण गरिरहेका छन् ।

गाउँपालिकामा इन्जिनियर नआएपछि पटक–पटक खबर गर्दासमेत प्राधिकरणले चासो नदिएको पालिका प्रमुखको गुनासो छ । गाउँपालिकामा खटिएका इन्जिनियरहरु भौगोलिक विकटतालगायतका बहाना बनाएर बसेको स्रोतको दाबी छ ।

जिल्लाका आठ हजार ४४३ घर भूकम्पपीडितमध्ये अहिलेसम्म आठ हजार १५१ घर पीडित परिवारले मात्र पहिलो किस्ताबापतको रकम पाएका छन् । पुनःनिर्माण प्राधिकरणबाट करीब वर्ष दिनअघि पहिलो किस्ताबापतको रकम आए पनि अहिलेसम्म २९२ घर पीडित परिवारले रकम पाएका छैनन् ।

कागजपत्र नमिलेको तथा सम्झौता गर्न बाँकी परिवारलाई पहिलो किस्ताबापतको रकम दिन बाँकी रहेको प्राधिकरणका सम्पर्क व्यक्ति एवं निमित्त समन्वय अधिकारी रविकिरण आचार्यले बताउनुभयो । पहिलो किस्ताका लागि प्रतिपरिवार रु ५० हजारका दरले रु ४२ करोड २१ लाख ५० हजार रकम आएको थियो ।

भत्किएको घर पुनःनिर्माण र दोस्रो किस्ता वितरणका लागि प्राधिकरणले चासो नदिएको स्रोतको दाबी छ । जिल्लामा पुनःनिर्माण प्राधिकरणको कार्यालय सञ्चालनका लागि भाडामा घर लिए पनि अहिलेसम्म सञ्चालन भएको छैन । रासस