Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ बैसाख १३ गते, अपराह्न ४:५५ बजे
अर्थ/विकास

कालिकोटमा रोजगारको रकम डोजर खरिदमा

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख १३, कालिकोट | सरकारले कर्णालीका अति विपन्न र गरिब नागरिकहरूको आयआर्जनका लागि सञ्चालनमा ल्याएको ‘कर्णाली रोजगार कार्यक्रम कालिकोटका स्थानीय तहहरूले मनोमानी रूपमा सञ्चालन गर्दै आएका छन्। सरकारले कर्णालीका बेरोजगार विपन्न तथा गरिब नागरिकका लागि आर्थिक वर्ष ०६३÷०६४ देखि सुरु गरेको कार्यक्रमको बजेट लक्षित कार्यक्रममा खर्च नगरी डोजर किनेका हुन्।

कार्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि कर्णाली रोजगार कार्यक्रम निर्देशिका, २०७१ अनुसार विपन्न तथा बेरोजगार परिवारहरूको सामाजिक सशक्तीकरण, आधारभूत पूर्वाधारमा पहुँच र आय–आर्जनका माध्यमबाट जीवनस्तरमा सुधार गरी समाजिक संरक्षण प्रवद्र्धन गर्नु रहेको छ। कर्णाली रोजगार कार्यक्रममा लामो समय काम गरेका एक कर्मचारीका अनुसार गाउँमा गरिब, एकल महिला घरमूली भएका परिवारलाई काममा लगाउने निर्देशिकाको मापदण्डअनुसार कामदार छनोट गरिएका र प्रक्रिया मिलाउन मात्र यस्तो काम गरिएको तर, काम गराउँदा उनीहरूलाई खबर नै नगरेर सिधै डोजरमार्फत सबै स्थानीय तहमा काम भइरहेको तिलागुफा नगरपालिका ३ का रामबहादुर कार्कीले बताए।

‘गरिब जनताका नाममा आएको बजेट पनि डोजर मालिक अन्य ठूलाबडाकै हालीमुहाली भएको छ’ उनले भने, ‘यस्ता गलत क्रियाकलाप कसले रोक्ने?’ तिलागुफा नगरपालिका, रास्कोट नगरपालिका र खाँडाचक्र नगरपालिकालगायतका स्थानीय तहमा डोजरको प्रयोग गरेर कर्णाली रोजगारको कार्यक्रम सञ्‍चालन गर्ने स्थानीयको भनाइ छ।