2026-07-28 07:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

धार्मिक स्थलको फोहोर कस्ले हेर्ने ?

पछिल्लो समयमा  पर्यटकीय गन्तव्य स्थलका रुपमा प्रख्यात हुदै गएको गुप्तेश्व गुफाको भौतिक संरचना निर्माण कार्य हुदै गैरहेको छ भने त्यहाँको व्यवस्थापनलाई पनि राम्रो बनाउँदै गइरहेको देखिन्छ । हरियाली र प्राकृतिक सुन्दरताका विचमा रहेको गुफामा फोहोरको अबस्थमा हेर्न कसैले सकेको छैन । धार्मिक स्थललाई पवित्र मानिने गरेता पनि फोहोरको थुप्रो देख्दा यस्तो लाग्छ त्यस क्षेत्रमा अझै धार्मिक महिमा बुझ्न सकिएको छैन । कुश्मा बजारको फोहोर व्यवस्थापन गर्नको लागि अभियान चलाउनेहरु धार्मिक स्थलको फोहोर व्यवस्थान गर्नको लागि भने केहि पहल गर्न सकेको छैन ।

धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा चिनिएको गुप्तेश्वर गुफाको फोहोरव्यवस्थापन गर्नको लागि कसैले चाँसो देखाएको छैन । यस्तो लाग्छ पछिल्लो समयमा गुप्तेश्वर गुफा परिसर फोहोर फाल्नको लागि डम्पीङ साइटको रुपमा प्रयोग गरीएको छ । हरेक चाडपर्वमा मेलमा लाग्ने गुप्तेश्वर गुफा परिसरको फोहोर व्यवस्थापन गर्नको लागि कसैले चाँसो नदेखाएका कारण पनि त्यहाँको अबस्था दुर्गन्धीत हुदै गएको छ जसका कारण विभिन्न प्रकारका रोग लाग्ने खतरा बढेको छ । सफा कुश्माको लागि सामुहिक अभियान चलाउने र बजार सफा बनाउने अभियान चलाएको प्रम्ुख जिल्ला अधिकारीको पनि त्यस क्षेत्रमा ध्यान जान सकेको छैन । तिर्थजानेहरुले प्रयोग गरेको प्लास्टीक तथा अन्यबस्तुको व्यवस्थापन गर्नको लागि सरोकारवाला निकाय गम्भीर नभएका कारण पनि पर्यटकीय क्षेत्रका रुपमा चिनिदै गएको गुफाको फोहोरको डुङगुरमा परिणत भएको छ ।

उक्त क्षेत्रको फोहोर नियन्त्रणका लागि सरोकारवाला निकाय गम्भीरतापूर्वक नलाग्नु विडम्बडनापूर्ण छ । प्रदूषणले तात्कालिक र दीर्घकालीन रूपमा विभिन्नखाले जोखिम पनि निम्त्याउँछ । प्रदूषण विश्वव्यापी तापमान वृद्धिको कारक पनि हो । वायु प्रदूषण तथा अन्य हरितगृह ग्यास उत्सर्जन बढेकाले हिमाल नै संकटमा छ । प्रदूषण सर्वत्र चासोको विषय बनेको छ , प्रदूषण मानव स्वास्थ्यसँग सोझै जोडिएको छ । प्रदूषणको मात्रा जति बढ्दै गयो, नियन्त्रणमा उति जटिलता थपिँदै जान्छ । सरकारले प्रदूषण नियन्त्रण गर्ने नीति तथा कार्यक्रमहरू बेलाबेला ल्याउने त गरेको छ । तर, तिनीहरूको कार्यान्वयन फितलो देखिन्छ । केवल मानबबस्तीमा भएको फोहोरबस्तु बाहिर फाल्न सकेमा त्यसलाई उपलब्धी मानिन्छ तर बाताबरणमा परेको त्यसको असरको बारेमा सोच्ने कोहि पनि भेटिएको छैन ।  प्रदूषण नियन्त्रणका लागि स्थानीइ सरकारले ठोस नीति तथा कार्यक्रम तय गर्नुपर्छ र त्यसलाई गम्भीरतासाथ कार्यान्वयनमा लानुपर्छ । बढी प्रदूषण गर्नेखालका उद्योगधन्दा, साधनको प्रयोगलाई निरुत्साहित गर्ने, सरसफाइ तथा वृक्षरोपणका कार्यक्रम चलाउनेलगायत काम गर्दै जानुपर्छ । यसमा निजी क्षेत्रलगायत सबैको हातेमालो चाहिन्छ । आफ्नो क्षेत्रलाई सफासुग्घर राख्ने दायित्व नागरिकको पनि हो । फोहोरको थुप्रोमाथि रहेको ग्ुप्तेश्वर गुफाको सरसफाइ कस्ले गर्ने हो या त्यसको लागि कुन दिन हेराउन पर्ने हो यस तर्फ सवै सचेत र सजग हुनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ