Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

म्याग्दीको दुईसय वर्ष पुरानो पोखरीको पुनःनिर्माण

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख १४ बाबियाचौर, म्याग्दी | बेनी नगरपालिका–१, रत्नेचौरमा रहेको २०० वर्ष पुरानो मानवनिर्मित पोखरीको पुनःनिर्माण भएको छ ।

बेनी नगरपालिका र भूसंरक्षण कार्यालयको सहयोगमा स्थानीयवासीले ऐतिहासिक तथा पर्यटकीय महत्वको पोखरीको संरक्षण गरेका हुन् । तत्कालीन समयमा सिँचाइ, गाईबस्तुलाई खुवाउन र कपडा धुनका लागि पानी संकलन गर्ने उद्देश्यले स्थानीयवासीले पोखरी निर्माण गरेका थिए ।

पानीको स्रोत संरक्षणसँगै पर्यटकीयस्थलका रुपमा विकास गर्ने उद्देश्यले पोखरीको संरक्षण गरिएको वडाध्यक्ष टेकबहादुर रावलले बताउनुभयो । एकसय मिटर लम्बाइ, सत्तरी मिटर चौडाइ र पाँच फिट गहिराइ भएको पोखरी पुनःनिर्माणका लागि गत वर्ष भूसंरक्षणले रु एक लाख र नगरपालिकाले रु ४० हजार अनुदान उपलब्ध गराएका थिए ।

स्थानीयवासीले पोखरी संरक्षणमा चासो दिएकाले यस वर्ष पनि बजेटको व्यवस्था गरिएको वडाध्यक्ष रावलले बताउनुभयो ।रासस