२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीको दुईसय वर्ष पुरानो पोखरीको पुनःनिर्माण

१४ बैशाख २०७५, शुक्रबार ०६:३६

वैशाख १४ बाबियाचौर, म्याग्दी | बेनी नगरपालिका–१, रत्नेचौरमा रहेको २०० वर्ष पुरानो मानवनिर्मित पोखरीको पुनःनिर्माण भएको छ । 

बेनी नगरपालिका र भूसंरक्षण कार्यालयको सहयोगमा स्थानीयवासीले ऐतिहासिक तथा पर्यटकीय महत्वको पोखरीको संरक्षण गरेका हुन् । तत्कालीन समयमा सिँचाइ, गाईबस्तुलाई खुवाउन र कपडा धुनका लागि पानी संकलन गर्ने उद्देश्यले स्थानीयवासीले पोखरी निर्माण गरेका थिए । 

पानीको स्रोत संरक्षणसँगै पर्यटकीयस्थलका रुपमा विकास गर्ने उद्देश्यले पोखरीको संरक्षण गरिएको वडाध्यक्ष टेकबहादुर रावलले बताउनुभयो । एकसय मिटर लम्बाइ, सत्तरी मिटर चौडाइ र पाँच फिट गहिराइ भएको पोखरी पुनःनिर्माणका लागि गत वर्ष भूसंरक्षणले रु एक लाख र नगरपालिकाले रु ४० हजार अनुदान उपलब्ध गराएका थिए । 

स्थानीयवासीले पोखरी संरक्षणमा चासो दिएकाले यस वर्ष पनि बजेटको व्यवस्था गरिएको वडाध्यक्ष रावलले बताउनुभयो ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो