२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

राजदूतबाट रसुवाको एक विद्यालय भवन उद्घाटन

१४ बैशाख २०७५, शुक्रबार ०८:०८

वैशाख १४ रसुवा | उत्तरी रसुवाको स्याफ्रुबेँसीमा नयाँ निर्माण भएको कोमिन श्यामेवाङ्फेल माविको आज दुई राजदूतद्वारा उद्घाटन भएको छ । 

रु तीन करोड ६८ हजार ६७० को लागतमा पुनःनिर्माण गरिएको उक्त विद्यालय भवनको एक कार्यक्रमबीच नेपालका लागि शाही नर्वेजियन राजदूत लास्से वोर्न योहानेशन र जर्मनी राजदूत सेफर रोलाण्डले संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो । 

शाही नर्वेजियन राजदूतावासको आर्थिक सहयोगमा नेपाल सरकारको भूकम्प प्रतिरोधी भवन निर्माण गर्ने मापदण्डको अधीनमा रही जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयअन्तर्गतको यहाँ कार्यरत जिआइजेड नामक गैससले विद्यालय भवनको निर्माण सम्पन्न गरेको र भवनको संरचना पक्की भएको जिआइजेडका रसुवा समन्वयकर्ता चन्द्र आलेले बताउनुभयो । 

अपाङ्गता भएका छात्रछात्रासमेतलाई पठनपाठनमा सहज वातावरण मिलाई कक्षा सञ्चालन गर्न १२ र भण्डारका लागि तीनवटा कोठा निर्माण गरिएको छ । भवन निर्माणस्थलले ७६२ वर्गमिटर ओगटेको बताइएको छ । हाल ४६२ छात्रछात्रा अध्ययनरत रहेको विद्यालयले जनाएको छ । 

विसं २०७२ को भूकम्पले स्याफ्रुबेँसीका विद्यालयमा ठूलो क्षति पु¥याएपछि सम्भावित भू–धरातलको जोखिमलाई समेत मध्यनजर राख्दै स्याफ्रुबेँसीमा रहेको स्यामेवाङ्फेल मावि र कोमेन प्राविलाई एकै ठाउँमा समायोजन गराई सुरक्षित ठाउँको कोमेनमा विद्यालय रहेको र दाताहरुको सहयोग शिक्षा क्षेत्रमा लाभदायी रहेको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था