२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

राजदूतबाट रसुवाको एक विद्यालय भवन उद्घाटन

२०७५, १४ बैशाख शुक्रबार ०८:०८

वैशाख १४ रसुवा | उत्तरी रसुवाको स्याफ्रुबेँसीमा नयाँ निर्माण भएको कोमिन श्यामेवाङ्फेल माविको आज दुई राजदूतद्वारा उद्घाटन भएको छ । 

रु तीन करोड ६८ हजार ६७० को लागतमा पुनःनिर्माण गरिएको उक्त विद्यालय भवनको एक कार्यक्रमबीच नेपालका लागि शाही नर्वेजियन राजदूत लास्से वोर्न योहानेशन र जर्मनी राजदूत सेफर रोलाण्डले संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो । 

शाही नर्वेजियन राजदूतावासको आर्थिक सहयोगमा नेपाल सरकारको भूकम्प प्रतिरोधी भवन निर्माण गर्ने मापदण्डको अधीनमा रही जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयअन्तर्गतको यहाँ कार्यरत जिआइजेड नामक गैससले विद्यालय भवनको निर्माण सम्पन्न गरेको र भवनको संरचना पक्की भएको जिआइजेडका रसुवा समन्वयकर्ता चन्द्र आलेले बताउनुभयो । 

अपाङ्गता भएका छात्रछात्रासमेतलाई पठनपाठनमा सहज वातावरण मिलाई कक्षा सञ्चालन गर्न १२ र भण्डारका लागि तीनवटा कोठा निर्माण गरिएको छ । भवन निर्माणस्थलले ७६२ वर्गमिटर ओगटेको बताइएको छ । हाल ४६२ छात्रछात्रा अध्ययनरत रहेको विद्यालयले जनाएको छ । 

विसं २०७२ को भूकम्पले स्याफ्रुबेँसीका विद्यालयमा ठूलो क्षति पु¥याएपछि सम्भावित भू–धरातलको जोखिमलाई समेत मध्यनजर राख्दै स्याफ्रुबेँसीमा रहेको स्यामेवाङ्फेल मावि र कोमेन प्राविलाई एकै ठाउँमा समायोजन गराई सुरक्षित ठाउँको कोमेनमा विद्यालय रहेको र दाताहरुको सहयोग शिक्षा क्षेत्रमा लाभदायी रहेको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो