२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले पठाएको ठाउँमा कर्मचारी जानैपर्छ: मन्त्री पण्डित

२०७५, १४ बैशाख शुक्रबार ०९:३३

वैशाख १४ लुम्बिनी | संघीय मामिला तथा सामन्य प्रशाशनमन्त्री लालबाबु पण्डितले सरकारले तोकेको ठाउँमा राष्ट्रसेवक कर्मचारी जानुपर्ने बताउनुभएको छ । 

मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारीले जागिर खाने बेलामा सरकारले तोकेको जुनसुकै ठाउँमा पनि जान्छु भनेर शपथ खाएको स्मरण गराउँदै सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गरिने बताउनुभयो । 

मन्त्री पण्डितले सरकारले तोकेको स्थानमा नजाने कर्मचारीलाई जागिरबाट राजिनामा दिएर निजी व्यवसाय शुरु गर्न सुझावसमेत दिनुभयो । 

लुम्बिनी प्रेस क्लबले आज भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पण्डितले सरकारले खटाएको स्थानमा नजाने कर्मचारी राष्ट्रसेवक हुनै नसक्ने भन्दै त्यस्ता कर्मचारीले राजीनामा दिएर अन्य व्यवसाय गरे सरकारलाई कुनै आपत्ति नहुने बताउनुभयो । 

कपिलवस्तु जाने क्रममा विमानस्थलमा आयोजित कार्यक्रममा मन्त्री पण्डितले वैशाख १८ गतेसम्म कर्मचारीलाई १५ ठाउँ रोज्ने अवसर दिएको जनाउँदैं त्यसमा भाग नलिए पनि सरकारले खटाएको ठाउँमा जानैपर्ने बताउनुभयो । 

उहाँले कर्मचारी समायोजनका नाममा कर्मचारीले एक तह बढाउन माग गरेको उल्लेख गर्दै सरकारले अहिले कर्मचारीको तह वृद्धि गरेर समायोजन गर्न नसक्ने बताउनुभयो । 

“राष्ट्रसेवक कर्मचारी भए सरकारले खटाएको ठाउँमा जानुपर्दछ होइन भने जागिर छाडेर निजी जीवन बिताए हुन्छ” मन्त्री पण्डितले भन्नुभयो कुनै पनि कमर्चारी म सरकारले खटाएको ठाउँमा जानै पाइदैन ”। 

मन्त्री पण्डितले दुई पार्टीबीचको एकताको कुरा अन्तिमचरणमा पुगेको उल्लेख गर्दै अब एकताको मिती तय गर्न मात्रै बाँकी रहेको बताउनु भयो । उहाँले वर्तमान वाम गठबन्धनको सरकारले मुलुकमा विकास निर्माण र सुशासनमा विशेष ध्यान दिने बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई