२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिराहा: प्रशासकिय अधिकृत अख्तियारको फन्दामा परेपछि नगरको कामकाज ठप्प

२०७५, १४ बैशाख शुक्रबार १२:२५

राम नारायण पंडित/वैशाख १४ सिराहा। विकास निर्माणको काम सुरु हुने वेलामा प्रशासकिय प्रमुख र लेखापाल अख्तियारको फन्दामा परेपछि कल्याणापुर नगरपालीकाको सम्पूर्ण गतिविधि नै अवरुद्ध भएको नगर प्रमुख सूर्यनाथ मण्डलले बताए ।


कार्यालयको आर्थिक जिम्मेवारीमा रहेका मुख्य व्यक्तिहरु नै नभएपछि जनताको काम गर्न समस्या भएको मण्डलले बताए । छिमेकी नगरपालीका तथा गाउँपालीकाहरुले धमाधम विकास निर्माणका काम गरिरेको छ, नगरप्रमुख मण्डलले भने, ‘हामी भने कर्मचारी नभएकै कारण कुनै विकास निर्माणको काम मात्र हैन कर्मचारीको तलव समेत खुवाउन सकिएको छैन ।’

गत चैत ४ गते लेखापाल जयराम चौधरी २० हजार घुस सहित पक्राउ परेपछि अवरुद्ध भएको आर्थिक गतिविधि अहिलेसम्म सुचारु हुन नसकेको नगरप्रमुख मण्डलले सुनाए । उनले भने, ‘नगर परिषद सकिएपछि सवै वडाहरुले आफ्नो योजना अनुसार उपभोक्ता समिति बनाएर काम सुरु गर्ने वेलामा लेखापाल समातियो र त्यसै मामिलामा प्रशासकिय अधिकृत पनि मुछिएपछि सवै काम ठप्प भएको छ ।’

शिक्षक, कर्मचारीको तलव, सामाजिक सुरक्षा भत्ता समेत वितरण गर्न नसक्दा अव आफैलाई ग्लानी हुन थालेको नगरप्रमुख मण्डलले गुनासो गरे । ‘यस्तै अवस्था रहिरहे अव हामी जनप्रतिनिधी कार्यालय आउन पनि समस्या हुन्छ’ प्रमुख मण्डलले भने ।

उनले कर्मचारी अभावका कारण कामकाज गर्न समस्या भएको प्रदेश प्रमुख मो. लालबाबु राउत समक्ष पनि मौखिक जानकारी गराएको सुनाए । उनले भने, ‘हामीले प्रदेश प्रमुखलाई भनिसकेका छौं, अव संघिय सरकारलाई पनि जानकारी गराएर कर्मचारी पठाउन अनुरोध गछौं, चाँडै कर्मचारी नपठाए कार्यालय नजाने मनस्थितिमा पुगीसकेका छौं ।’

नगरकै वडा नम्वर ६ का वडा अध्यक्ष मो. मोतिवुल रायनले वडामा हामीले नगरपरिषदले पास गरेको योजनाको उपभोक्ता समितिहरु गठन गरेपनि काम कसरी गर्ने भन्ने अन्यौल छाएको बताए । उनले भने, ‘प्रशासकिय प्रमुख बासुदेव कुमार यादव दुई दिन अघि आएर अख्तियारको तारेख छ, म काठमाडौं नै वस्नु पर्ने भएकाले कार्यालयमा आउन नसक्ने भनेपछि झन अन्यौल छाएको छ ।’

 लेखापाल चौधरीलाई पक्राउ परेपछि  सोही मुद्दामा प्रशासकिय अधिकृत बासुदेव कुमार पनि अख्तियारमा तानिएको जनाएको छ । लेखापाल चौधरीले कार्यालयको सामान मर्मत लगायतका बिल भुक्तानी गरिदिए बापत सोही नगरपालिकाका वडा सचिवसँग २० हजार घुस लिएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई