पछिल्लो सयममा सामाजिक संजाल, मदिराका कारण हत्याका घटनाहरु बढिरहेका छन् । समाजिक संजालमा चिनेको भरमा सम्बन्ध राख्ने र त्यसले नै अन्त्यमा ज्यान लिने समेत गरेको भेटिन्छ । केहि समय अगाडीमात्रै पोखरामा नेहा पुनको हत्या सामाजिक संजाल, मदिराका कारण नै भयो भने आज फेरि यहि घटना काठमाडौमा भेनिसा लिम्बुमाथि दोहोरियो । फेसबुकमा सम्बन्ध अगाडी बढाउने, भेटघाट गर्ने र सेक्सको लागि हत्या गर्ने पछिल्लो समयमा बढिरहेको छ । यी दुई त केबल पात्र मात्र हुन यस्तै पुन र लिम्बु जस्ता अनेक युवती यसरीनै आफ्नो जिवनलाई मुत्युको मुखमा पु¥याएका छन् । मृतक दुवैले सामाजिक संजालमा प्रेम र सम्बन्धका बारेमा उल्लेख गरेको प्रहरीको भनाई छ । भने उहीहरु विच पाटी हुने र त्यसमा मदिराको प्रयोग हुने र मदिराको मातमा सेक्स गर्न खोज्ने र नमान्ने गरेका कारण हत्या भएको ओरोपीले प्रहरीलाई बयान दिदै आइरहेका छन् ।
उनीहरु भर्चुअल संवादबाटै निकट बन्ने, दाई वा प्रेमीका रुपम भेटघाटबाट आत्मीय रुपमा अगाडिसम्बन्ध बढाउने र अन्त्यमा त्यही सम्बन्ध मार्ने र मर्नेका रुपमा स्थापीत हुदै आएको छ । ’सामाजिक सञ्जालमा जोडिएको सम्बन्धकै आधारमा विश्वास गरेर सम्बन्ध अगाडि बढाउने र योसँगै युवा वर्गमा बढेको मदिरा लत र यौन सम्बन्धबारे बढेको खुला विचार पछिल्लो समयमा घटनाका सहायक कारक बनेका छन् । जसका कारण पनि युवतीको हत्या हुने गरेको छ । पछिल्लो समयमा बढ्दै गएको सामाजिक संजालको नकरात्मक प्रयोग र यसबाटहु्ने सम्बन्धका कारण पछिल्लो समयमा हत्या हुने गरेको देखिन्छ ।
यस्ता अप्रिय घटनाबाट छुटकार पाउनको लागि अभिभावकले आफ्ना सन्तानमाथि निगरानी बढाउनु आवश्यक छ । उनीहरु अहिले के गरिरहेका छन् र कसको संगत गरेका छन्, उनीहरुको बानीव्यवहारमा कस्तो परिर्वतन आएको छ वा कुनै लतमा लागेका छन् की त्यसको बारेमा अभिभावकले होस् पु¥याउनु आवश्यक छ । अन्यथा आफ्ना छोराछोरीको भविश्य अन्धकारमा त पुग्नेछ इज्जतमा समेत कलंकको टिका लाग्ने छ त्यसैले आफ्ना सन्तानमाथि अभिभावकको आँखा लाग्नु जरुरी छ ।