२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महानगरपालिकावासी स्वास्थ्य सेवाबाट वञ्चित

१५ बैशाख २०७५, शनिबार ०७:२४

वैशाख १५, ललितपुर (रासस) | ललितपुर महानगरपालिकावासी सामान्य स्वास्थ्य सेवाबाट समेत वञ्चित भएका छन् । 

महानगरपालिका क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्रसरहका स्वास्थ्य संस्था नहुँदा महानगरवासीले सरकारले उपलब्ध गराएका स्वास्थ्य सेवा पाएका छैनन् । उपमहानगरपालिका हुँदादेखि नै बासिन्दाले नगर अस्पतालको माग गर्दै आएका थिए । ललितपुर स्वास्थ्य सञ्जालका अध्यक्ष पुरुषोत्तम कार्की महानगरपालिकावासी उपचारका लागि काठमाडौँका सरकारी अस्पताल वा यहीँका निजी अस्पताल जान बाध्य भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “महानगरपालिकाभित्र स्वास्थ्य मन्त्रालयअन्तर्गतका जिल्ला अस्पताल वा प्राथमिक स्वास्थ्य केन्द्र छैनन् ।” 

महानगरपालिकामा नगरस्तरको स्वास्थ्य संस्था नहुँदा सबैभन्दा असर मातृशिशु स्वास्थ्यमा परेको छ । महानगर क्षेत्रमा २० मातृशिशु क्लिनिक छन् । ती क्लिनिकलाई ‘बर्थिङ सेन्टर’ बाट सिफारिस गरेर बिरामी कहाँ पठाउने भन्ने समस्या छ । कार्की भन्नुहुन्छ, “जटिल समस्या आउँदा कि प्रसूति गृह वा किष्ट अस्पतालमा पठाउने गरिन्छ ।” आर्थिक रुपमा सम्पन्न निजी स्वास्थ्य संस्थामा गए पनि शहरी गरीबहरु सरकारी स्वास्थ्य संस्था नहुँदा समस्यामा छन् । 

जनप्रतिनिधिले निर्वाचनका क्रममा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने प्रतिबद्धता जनाएका थिए । उहाँ भन्नुहुन्छ, “जनप्रतिनिधिले एक वर्ष मात्रै काम गरेकाले अझै आशा गर्ने समय छ ।” लामो समयदेखि जिल्ला अस्पतालको सुविधा लिएको पाटन अस्पतालले ‘आमा सुरक्षा कार्यक्रम’ समेत लागु गरेको छैन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य