2026-11-05 08:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

दश कन्याको बेलविवाह

वैशाख १५, बागलुङ | नेवारी परम्परानुसार यहाँका दश कन्याको सामूहिक बेलविवाह (इहीयज्ञ) शुक्रबार सम्पन्न भएको छ । 

बिहीबार शुरु भएको यज्ञमा कन्याले दुई दिनसम्म व्रत बसी बेल, कलश, बज्र, चक्र आदिको पूजापाठ गरेका थिए । नेवार जातिमा बालिका रजस्वला नहुँदै बेलसँग विवाह गर्ने प्रचलन छ । विधिवत् रुपमा पूजाआजा गरी विवाह गर्ने बालिकाका बाबुले कन्यादान दिएपछि विवाह सम्पन्न भएको नेपाल भाषा मंक खल बागलुङले 

बेलविवाहमा दुलाहा मानेर बेलको पूजा गरिन्छ । सर्वगुणसम्पन्न ज्वाइँका रुपमा सुवर्णकुमारका प्रतीक बेलसँग कन्याको विवाह हुन्छ । बिजोर वर्षका साइतमा बेलविवाह हुने गरेको खलका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो । नेवारी समुदायमा भने बेलविवाहलाई इहीयज्ञ भनिन्छ । 

कम खर्चमा एकैसाथ धेरै बालिकाको बेलविवाह गरिन्छ । खलले केही वर्षअघि पनि बेलविवाहको आयोजना गरेको थियो । विवाहको यज्ञ सञ्चालनका लागि काठमाडौँबाट नेवार पुरोहितलाई झिकाइएको थियो । पुरोहितले कलश राखी गणेश, छत्रपाललगायत अन्य देवगणको पूजापाठ गर्छन् । सामूहिक रुपमा गरिने बेलविवाहका लागि कम्तीमा पाँच बालिका आवश्यक पर्ने अध्यक्ष राजभण्डारीले बताउनुभयो । 

“बेलविवाह नेवार समुदायको पुरानो संस्कृति हो,” उहाँले भन्नुभयो, “यसको जर्गेना गर्नु हामी सबैको दायित्व हो ।” बेलविवाहमा बागलुङ सदरमुकामबाहेक गलकोट र छिमेकी जिल्ला म्याग्दीका बालिका पनि सहभागी थिए । आउँदा वर्षमा पनि सामूहिक बेलविवाह आयोजना गरिने खलले जनाएको छ । विवाहको व्यवस्थापनमा बागलुङ कल्याण समाज काठमाडौँले सघाएको थियो ।  – रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले आरोप पुष्टि गरोस्, पक्राउ गर्न कानुनी आधार चाहिन्छ : प्रदीप पौडेल दानबहादुर कार्कीको रिटमा तिहारपछि मात्रै सुनुवाइ हुने भ्रष्टाचारमा कसैले औँला ठड्याउन सकेको छैन, साढे चार वर्ष सरकार चलाउँछौँ : अर्थमन्त्री वाग्ले काठमाडौँ गोर्खाजले टस जित्यो, विराटनगर किङ्स पहिले ब्याटिङ गर्दै पार्टीको आधिकारिकताको राजनीतिक, कानुनी लडाइँमा एक सुकाको पनि लेनदेन छैन : गगन थापा लुम्बिनीसँग १६ रनले पराजित भयो जनकपुर नेप्से परिसूचक १२.९५ अंकले घट्यो प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्ति–सुरक्षाबारे ब्रिफिङ पूर्वाधार सम्मेलन ‘कानुन शोकेस’ का लागि हो : मन्त्री लम्साल लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १८ अर्बभन्दा बढी रकम जम्मा आईजीपीबाट हटाइएपछि दानबहादुर कार्की सर्वोच्च अदालतमा जनकपुर बोल्ट्सले टस जित्यो, लुम्बिनीविरुद्ध पहिले बलिङ गर्ने एनपीएल : बिहीबारको पहिलो खेल जनकपुर र लुम्बिनीबीच हुँदै सिंहदरबार र बालुवाटारमा कस्तो रमिता चलिरहेको हो ? भन्दै आङदेम्बेको सरकारमाथि प्रश्न एक साताभित्र अमेरिका, युक्रेन र रुसबीच त्रिपक्षीय वार्ता हुने नेपाली कांग्रेसले बोलायो पदाधिकारी बैठक मालपोतका नायब सुब्बा एक लाख घुससहित पक्राउ सुनचाँदीको मूल्यमा भारी वृद्धि नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न