२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैयाः निःशुल्क आयुर्वेद शिविर सम्पन्न

२०७५, १५ बैशाख शनिबार १२:४४

राम नारायण पंडित | वैशाख १५, सिरहा । मिर्चैयामा एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिवर सम्पन्न भएको छ । मिर्चैया नगरपालिका सहयोग तथा आयुर्वेद औषधालय मिर्चैयाको तत्वाधानमा मिर्चैया नगरपालिका बडा नं. ५ मा आज (शनिवार) एक दिने निः शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा पेट, पिसाब, हात, खुट्टा, जोर्नी, मानसिक, छाला, घातु, वात, महिला र बालबालिकाका नयाँ तथा पुरानो रोगहरुको जाँच गरी निःशुल्क औषधि दिईएको आयोजकले जनाए । 

आयुर्वेद चिकित्सक डा. रविन्द्र कुमार यादबको नेतृत्बमा आएको टोलीले ४ सय ४२ जना बिरामीहरुलाई जाँच गरि निः शुल्क औषधी बितरण गरिएको मिर्चैया आयुर्वेद औषधालयका प्रमुख तथा कार्यक्रम संयोजक राकेश कुमार यादबले जानकारी दिए । 


जिल्ला आयुर्वेद सिरहाका प्रमुख नागेन्द्र पटेलको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा मिर्चैया नगरपालिकाका मेयर श्रवण यादब को उपस्थिति रहेको थियो । त्यस्तै, कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा नगरपालिकाका उपमेयर जिबछी देबी साह, प्रशसकिय अधिकृत राजेन्द्र पौडेल, बडा नं. ५ का बडा अध्यक्ष धिरेन्द्र कुमार साह, मिर्चैया पशु कार्यालयका प्रमुख नागेश्वर हाथी, कृषि कार्यालय मिर्चैयाका प्रमुख हरिशचन्द्र पंडित, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक गजुसिद्धि बज्रचार्य, सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका सशस्त्र प्रहरी नायब उपरिक्षक दल बहादुर श्रेष्ठ लगायतका उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी