2026-09-16 10:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्याङ्जामा एक युवाले माटोबिना नै तरकारी खेती गरे

वैशाख १५, स्याङ्जा | यहाँका एक युवाले नयाँ प्रविधि प्रयोग गरी माटोबिना नै तरकारी खेती गरेका छन् । 

स्याङ्जाको गल्याङ नगरपालिका–३ का ४४ वर्षीय ओमबहादुर थापाले आफ्नै घरको छतमा आक्वापोनिक प्रविधिबाट विभिन्न प्रजातिका तरकारी फलाउनुभएको छ । 

पाँच वर्ष कोरिया बसेर नेपाल फर्किनुभएका थापाले गतवर्षबाट जिल्लामै पहिलो पटक यो प्रविधि भित्र्याएर तरकारी खेती गरेको हो । 

“रोजगारीको सिलसिलामा कोरियामै रहँदा आक्वापोनिक (माटोरहित तरकारी फलाउने) प्रविधिका बारेमा जान्ने बुझ्ने मौका पाएँ” थापाले भन्नुभयो, “कार्यान्वयनका क्रममा नबुझेका कुरा युट्युबको माध्यमबाट ज्ञान लिएर तरकारी खेतीको थालनी गरेको हुँ ।” 

आक्वापोनिक प्रविधिबाट उनले गोलभेँडा, प्याज, काँक्रा, खुर्सानी, साग तथा स्टाबेरीको खेती गर्नुभएको छ । “आक्वापोनिक प्रविधि विदेशमा निकै प्रयोगमा रहेपनि स्वदेशमा भने यो प्रविधि निकै नौलो रहेको छ”, थापाले भन्नुभयो, “यो प्रविधिको अवलोकन गर्न आउने कतिपयले त माटोबिना पनि तरकारी खेती हुन्छ र ? भनेर आश्चर्य पनि मान्नुहुन्छ ।” 

आक्वापोनिक प्रविधिको प्रयोगले खेती गर्दा परिश्रम कम लाग्ने, खनजोत तथा गोडमेल गर्न नपर्ने भएकाले पनि यो फाइदाजनक छ । 

“यो प्रविधि अस्थायी र स्थायी दुई तरिकाले गर्न सकिन्छ, मैले झण्डै रु १० लाखको लगानीमा स्थायी किसिमले गरेको छु”, थापाले भन्नुभयो, “यो लगानीले मैले करीब ४५÷५० वर्षसम्म उपयोग गर्न सक्छु ।” 

यो प्रविधिबाट तरकारी खेती गर्नका लागि मोटर, बायो फिल्टर, पाइप, थर्मकुल, ग्लास टनेललगायतका सामग्री आवश्यक पर्छन् भने थापाले पाइप, गिटी र थर्मकुल गरी तीन तरिकाबाट खेती गर्नुभएको छ । “आक्वापोनिक प्रविधिका लागि माछा राख्न ट्याङ्की वा पोखरीको आवश्यकता पर्छ”, उहाँले भन्नुभयो, “ट्याङ्की/पोखरीको माछाले गरेको दिशा केही दिनमा नाइट्रोअक्साइड भएर त्यसबाट नाइट्रेड प्राप्त हुने र बिरुवालाई चाहिने तत्व बायो फिल्टर हुँदै पाइपको माध्यमबाट बिरुवामा पठाउने गरिन्छ ।” 

थापाले थालनी गरेको यो प्रविधिको अध्ययन अवलोकनका लागि धेरै ठाउँबाट मानिस आउने गरेका छन् । जग्गा जमिनको कमी भए पनि अत्याधुनिक तवरबाट थोरै ठाउँबाट पनि धेरै उत्पादन लिन सकिने उहाँको दाबी छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल