2026-09-14 12:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा यस्तो छ – सुरक्षित प्रसूतिको अवस्था

वैशाख १६, रोल्पा (रासस) | सुरक्षित प्रसूतिका लागि भन्दै सरकारले जिल्लामा ६३ वटा वर्थिङ सेन्टर सञ्चालनमा ल्याएको छ । 

नागरिकको सुविधालाई मध्यनजर गर्दै सकेसम्म कम दूरी रहने गरी स्थापना भएका ती वर्थिङ सेन्टरमा प्रसूति गराउनेको संख्या आधाभन्दा कम छ । 

अघिल्लो वर्ष गर्भवती भएकामध्ये ५० प्रतिशतले मात्र वर्थिङ सेन्टरमा पुगेर प्रसूति गराए । प्रसूतिका लागि वर्थिङ सेन्टर जाने गर्भवतीको संख्यामा क्रमिक सुधार हुँदै आए पनि अवस्था सन्तोषजनक भइनसकेको बताइएको छ । 

आर्थिक वर्ष ०६९/०७० मा करीब ३४ प्रतिशत, ०७०/०७१ मा करीब ३७ प्रतिशत, ०७१/०७२ मा करीब ४७ प्रतिशत र आव ०७२/०७३ मा ४८ प्रतिशत गर्भवतीले प्रसूति सेवा लिन स्वास्थ्य संस्थामा आएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

विगत पाँच वर्षको तथ्यांक हेर्दा प्रसूति सेवा लिने आमाको संख्यामा वृद्धि भएको देखिए पनि यो मात्रा निकै सुस्त देखिन्छ । वर्थिङ सेन्टर समयमै नबन्नु, भौगोलिक विकटता रहनु र जनशक्ति व्यवस्थापन हुन नसक्दा धेरै आमालाई प्रसूतिका लागि स्वास्थ्य संस्थासम्म ल्याउन नसकेको जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । 

त्यसो त नियमित चार पटक गर्भजाँच गराउने गर्भवती महिलाको संख्या पनि जिल्लामा निकै कम देखिएको छ । चार महिना, छ महिना, आठ महिना र नौ महिनामा गर्भवती जाँच गराउनु पर्नेमा पहिलो गर्भजाँच गराउनेको संख्या अत्यधिक देखिए पनि दोस्रो, तेस्रो र अन्तिम गर्भजाँच गराउनेको मात्रा घट्ने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पाका सिनियर अनमी नैना डाँगीले जानकारी दिनुभयो । 

अघिल्लो वर्ष ९० प्रतिशत गर्भवतीले पहिलो गर्भ जाँच गरे । सोही वर्ष नियमति रुपमा अन्तिमसम्म गर्भ जाँच गर्ने गर्भवतीको संख्या भने ४० प्रतिशत मात्र रहेको सो कार्यालयले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ